काठमाडौं– नेपाल प्रहरीका केही वरिष्ठ उपरीक्षक (एसएसपी) हरूको जिम्मेबारी फेरबदल भएको छ। प्रहरी मुख्यालयले काठमाडौं प्रहरी परिसर,अपराध महाशाखा, लागू औषध नियन्त्रण व्यूरोलगायतका महत्वपूर्ण स्थानमा नेतृत्व परिवर्तन गरेको छ।
काठमाडौं परिसरमा एसएसपी उत्तमराज सुवेदी र अपराध महाशाखाको प्रमुखमा एसएसपी सहकुल थापालाई जिम्मेवारी दिएको छ। हाल काठमाडौंको प्रहरी प्रमुख वसन्त लामालाई लागू औषध नियन्त्रण व्यूरोमा र अपराध महाशाखाका प्रमुख रहेका धिरजप्रताप सिंहलाई तालिम निर्देशनालयमा सारिएको छ।
केन्द्रिय प्रवक्तामा एसएसपी उमेशराज जोशीले जिम्मेवारी पाएका छन् भने विराटनगर तालिम केन्द्रमा पुरुषोत्तम कंडेललाई लगिएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४