बिहीबार, साउन २१, २०८३

उपेन्द्र र बाबुरामबीच एकता : चुनाव चिह्न टुङ्गिएन

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- उपेन्द्र यादवले नेतृत्व गरेको संघीय समाजबादी फोरम र बाबुराम भट्टराई नेतृत्वको नयाँशक्तिबीच सोमबार (आज) एकता हुँदै छ।

गत शनिबार भएको सहमती अनुसार आज एकतालाई औपचारिकता दिन लागिएको हो । नयाँ दलमा डाक्टर भट्टराई संघीय परिषदको अध्यक्ष र उपेन्द्र यादव केन्द्रीय समितिको अध्यक्ष बन्नेछन् ।

३ सय सदस्यीय केन्द्रीय समिति बनाउने र समितिमा २ सय जना फोरमका र ९९ जना नयाँ शक्तिका केन्द्रीय सदस्य रहने सहमति दुवै दलले गरेका छन् ।

नयाँ बन्ने दलको नाम समाजवादी पार्टी नेपाल राख्ने सहमति भएको छ । नयाँ दलले फोरमकै झण्डा प्रयोग गर्ने पनि करिब निश्चित भएको छ । फोरमले रातो र हरियो पृष्ठभूमिमा सेतो तारा अंकित झण्डा प्रयोग गर्दै आएको छ ।

चुनाव चिह्नको विषयमा भने अझै निर्णय हुन सकेकाे छैन् । नयाँ शक्तिको देब्रे आँखालाई नै चुनाव चिन्हकाे रुपमा प्रयोग गर्ने की अन्य केहि लाई प्रयोग गर्ने भन्ने विषयमा छलफल जारी रहेकाे नेताहरुले जनाएका छन् । 
 
संघीय संसदमा फोरमका १६ र नयाँ शक्तिका १ सांसद छन् । यी २ दलबीच यसअघि पनि पार्टी एकता गर्ने सहमति भए पनि अन्तिम समयमा भाँडिएको थियो ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।