बिहीबार, साउन २१, २०८३
  • गृहपृष्ठ
  • समाज
  • अवतरणका क्रममा विमानमा आगलागी, ४१ को मृत्यु (भिडियोसहित)

अवतरणका क्रममा विमानमा आगलागी, ४१ को मृत्यु (भिडियोसहित)

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

रुसको मस्कोमा आपतकालीन अवतरण गर्ने क्रममा विमानमा आगो लाग्दा ४१ जनाको मृत्यु भएको छ।

सुखोई सुपरजे–१०० विमानमा आगलागी हुँदा दुईजना बालबालिका र एकजना विमान परिचारिकासहित ४१ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।
 
रुसको सरकारी मिडियाका अनुसार मस्कोबाट मारमास्क जादैँ गरेको उक्त विमानमा सवार चालक दलका ५ सदस्यसहित ७८ जना थिए । तीमध्ये ४१ जनाको मृत्यु भएको हो । ३७ जनालाई भने जीवितै उद्धार गरिएको छ।

चालक दलले यात्रुलाई जोगाउन सबै प्रयास गरेको बताउँदै ५५ सेकेन्डभित्र उनीहरूलाई निकालिएको जनाइएको छ ।

रुसको सरकारी विमान कम्पनी एयरोफ्लोटले प्राविधिक गडबडीका कारण विमान एयरपोर्टमा फर्कनुपरेको र अवतरणका क्रममा आगो लागेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले उल्लेख गरेका छन् ।

रूसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई घटनाका वस्तुस्थितिबारे अवगत गराइएको छ । राष्ट्रपति पुटिनले पीडित परिवारप्रति समावेदना व्यक्त गरेका छन्।

विमानमा भएको आगलागीको लाइभ भिडियो हेर्न यो लिंकमा क्लिक गर्नुहोस् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।