बिहीबार, साउन २१, २०८३

अखबार : वालमन्दिरको जग्गामा निजी स्कूलको लुट 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- राजधानीबाट प्रकाशित सोमबारका राष्ट्रिय दैनिक अखबारहरुले विविध विषयका खबरलाई प्राथमिकतामा पारेका छन् ।
 
केहिले सरकारको नीति तथा र्काक्रममाको सत्तापक्षकै सांसदहरुले विरोध गरेको र विपक्षी आक्रामक बनेको विषयलाई मुख्य समाचार बनाएका छन् । केहिले भने सरकारी र सार्वजनिक जग्गा हड्पिएको विषयलाई नै प्राथमिकतामा पारेका छन् ।
 
आजको कान्तिपुर दैनिकले पाषाण युगको पुरातात्विक सामाग्री बाकसमा बन्द गरेर राखिएको विषयलाई मुख्य समाचार बनाएको छ ।

२० वर्ष लगाएर अन्तर्राष्ट्रिय अनुसन्धानले फेला पारेको ढुंगे हतियार, जीवजन्तुका अवशेष र आकृतिलगायतका ढुंगे युगको मानव सभ्यता झल्कने सयौं प्रमाण राजधानीको छाउनीस्थित राष्ट्रिय संग्रालयमा बाकसभित्र थन्किएको समाचारमा जनाइएको छ ।
 
यस्तै कान्तिपुरले बलमन्दिरको जग्गामा भएको बद्मासी ढाकछोप गर्ने प्रयास भएको विषयलाई पनि प्राथमिकताका साथ छापेको छ । महिला वालपवालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले बालमन्दिरको जग्गा निजी स्कूललाई प्रक्रिया मिचेर भाडामा दिएको विषय ढाकछोप गर्न खोजेको छ । 

संसदीय समितिले निर्देशन दिएपनि मन्त्रालयले १३ रोपनी १२ आना १ पैसा जग्गा ५१ वर्षका निम्ति वृहस्पति शिक्षा सदनलाई भाडामा दिँदा अपनाइएको प्रक्रियाका विषयमा छानबिन गरेको छैन् । वालमन्दिरको जग्गामा निजी स्कूलले धमाधम भवन निर्माण गरिराखेको छ । मन्त्रालयकै संरक्षणमा उसले काम गरिराखेको समाचारमा उल्लेख छ । 

आजको नागरिक दैनिकले भने बालुवाटारको हडपिएको ४५० कित्ता जग्गा सरकारमातहत ल्याउने तयारी भएको विषयलाई मुख्य समाचार बनाएको छ । भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले गैरकानुनी ढंगबाट व्यक्तिका नाममा दर्ता गरिएका सार्वजनिक जग्गा फर्काउन प्रस्ताव मन्त्रिपरिषदमा लैजाने तयारी गरेको हो ।
 
मन्त्रालयका अनुसार ललितानिवासअन्तर्गतको हडपिएको ४ सय ५० कित्ता जग्गा सरकारको नाममा फर्काउन प्रस्ताव गरिएको छ। यसमध्ये नेपाल कम्युनिस्ट पार्टीका महासचिव विष्णु पौडेलका छोरा नवीन पौडेलको नाममा रहेको जग्गा पनि सरकारको नाममा फर्काइनेछ।

मन्त्रालय स्रोतका अनुसार ललितानिवासमा व्यक्तिका नाममा हडपिएको जग्गामध्ये १६/१७ कित्ता जग्गाबारेमा भने अझै छानबिन भइरहेको छ। सरकारी स्वामित्वमा ल्याउन लागिएको ४ सय ५० कित्ता जग्गाबारेमा छानबिन गरी टुंगो लागेको स्रोतको भनाइ छ।

मन्त्रालयका अनुसार गैरकानुनी ढंगबाट हडपिएका देशभरका अन्य जग्गालाई पनि सरकारको नाममा ल्याउन प्रक्रिया सुरु गरिएको छ।

मन्त्रालयका अनुसार जनकपुरमा अतिक्रमण गरिएको जग्गालाई रेलवे विभागको नाममा ल्याइएको छ भने हायात होटलले प्रयोग गरको तारागाउँको जग्गाको विषयमा छानबिन गर्न मन्त्रालयले अख्यितार दुरूपयोग अनुसन्धान आयोगलाई लेखी पठाएको समाचारमा उल्लेख छ ।

आजको अन्नपूर्ण पोस्ट्ले पनि सरकारले बालुवाटारको अतिक्रमित जग्गाको दर्ता खारेज गर्न लागेको विषयलाई प्राथमिकताका साथ छापेको छ । भूमिव्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्याकुमारी अर्यालले व्यक्तिको नाममा दर्ता भएको बालुवाटारस्थित ललिता निवासको जग्गा खारेजी प्रक्रिया थालिएको जानकारी दिएकी छिन् । 

आजको राजधानी दैनिकले पनि सार्वजनिक जग्गा बेचविखन गरिएको विषयलाई नै मुख्य समाचार बनाएको छ । उसले ‘मठाधीशले तीन करोडमा बेचे गुठीको जग्गा’ शीर्षकमा मुख्य समाचार छापेको छ ।

रुपन्देहीको भैरहवामा एक मठाधीशले गुठीको जग्गा तीन करोडमा व्यक्तिलाई बेचेको पाइएको छ । गुठी संस्थानले उक्त जग्गा गुठीअन्तर्गतको रहेको जनाए पनि मटिहानी गुठीका मठाधीश जगन्नाथदास वैष्णवले झण्डै तीन करोड मुल्य बराबरको ३ कट्ठा ५ धुर जग्गा दुई जनालाई बेचेको समाचारमा जनाइएको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।