बिहीबार, साउन २१, २०८३

पूर्वसांसद गायत्री साह पतिसहित पक्राउ

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं - प्रहरीले पूर्वसांसद गायत्री साहलाई पक्राउ गरेको छ। डाउन सिण्ड्रोम भएको शिशु जन्मिएपछि मेडिसिटी अस्पतालमै शिशु छाडेर हिँडेकी पूर्वसांसद गायत्री साह र उनका पतिलाई प्रहरीले अस्पताल परिसरबाटै पक्राउ गरेको हो।

अस्पताल विरुद्ध प्रदर्शन गरीरहेका उनीहरुलाई जावालाखेल प्रहरीले पक्राउ गरेको हो।  अस्पतालको लापराबाहीका कारण ‘डाउन सिन्ड्रम’ भएको बच्चा जन्मिएको आरोप लगाउँदै गायत्री साह र उनका श्रीमान केही दिनदेखि त्यहाँ आन्दोलनरत थिए।

पूर्वसभासद् साहले बच्चाको जिम्मा अस्पतालले लिनुपर्ने बताउँदै बच्चा लिन अस्वीकार गर्दै अएकी छन्। यता अस्पतालले भने आफ्नो कारण डाउन सिन्ड्रम बच्चा नजन्मेको दाबी गर्दै आएको छ। 
पूर्वसांसद साहले फागुन २८ गते मेडिसिटी अस्पतालमा ‘डाउन सिन्ड्रम’ भएको बच्चा जन्माएकी थिइन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।