काठमाडौं – आइतबार विश्व हाँसो दिवस। मज्जासँग हासेर यो दिवस मनाइँदै छ। भारतको मुम्बईका डाक्टर मदन कटारियाको पहलमा सन् १९९८ देखि मे महिनाको पहिलो आइतबार विश्व हाँसो दिवस मनाउन थालिएको हो।
हाँसोका माध्यमबाट विश्वशान्तिमा सकारात्मक योगदान र भ्रातृत्व तथा मित्रताको विश्वव्यापी चेतना फैलाउन यो दिवस मनाउन थालिएको बताइन्छ।
हाँसोले शारीरिक र मानसिक तनाव हटाउन मद्दत गर्नुका साथै प्रतिरोधी क्षमता बढाउन मदत गर्ने भएकाले जीवनमा हाँसोको ठूलो महत्व छ। जो हाँस्छ त्यो मज्जाले हाँस्छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४