धनगढी – डडेल्धुराको भागेश्वर गाउँपालिकाका सहायक लेखापाल डम्बर पाल महाकाली नदीमा नुहाउने क्रममा डुवेर वेपत्ता भएका छन।
शनिबार गाउँपालिका जनप्रतिनिधि र कर्मचारी भागेश्वर गाउँपालिका–१ रुपालस्थित महाकाली नदी किनारमा वनभोजमा गएका थिए। सोही समयमा महाकाली नदीमा नुहाउने क्रममा सहायक लेखापाल वेपत्ता भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायव उपरिक्षक डम्बर केसीले जानकारी दिए।
प्रहरीका अनुसार उनको खोजी भइरहेको छ। गाउँपालिका अध्यक्ष कौशीला भट्ट सहितका जनप्रतिनिधि पनि वनभोज खान महाकाली नदी किनारमा गएका थिए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४