बिहीबार, साउन २१, २०८३

‘प्रविधिको समय सापेक्ष सदुपयोग गरौं’

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

जनकपुरधाम – प्रदेश २ का प्रदेश प्रमख रत्नेश्वरलाल कायस्थले विज्ञान र प्रविधिको समय सापेक्ष सदुपयोग गर्नुपर्नेमा जोड दिएका छन्। प्रविधिको सही सदुपयोग हुनसके कुशल तथा दक्ष युवा तयार हुने उनको भनाई छ।

प्रविधिमैत्री शिक्षक समाज नेपालको प्रथम प्रदेशस्तरीय भेलाको जनकपुरमा शनिबार उद्घाटन गर्दै प्रदेश प्रमुख कायस्थले आधुनिक समयमा प्रविधिले गरेको विकासलाई सकारात्मक रुपमा प्रयोग गर्न आग्रह गरे।

प्रविधिको दुरुपयोगले बच्चादेखि युवासम्मको पिढीमा नकारात्मक प्रभाव पर्नेतर्फ सचेत गराउँदै उनले यसको गलत प्रयोगले समाजलाई उत्छृंखल बनाउने निश्चित रहेको बताए। प्रविधिको सही प्रयोगले मानसिक विकासका साथै मुलुक विकसित बनाउन टेवा पुग्ने उनको भनाई थियो।

प्राध्यापक भोगेन्द्र झाले प्रविधिको विकासले स्वरोजगारमा वृद्धि हुनुका साथै समाज सकारात्मक दिशामा अगाडी बढ्ने धारणा राखे। प्रविधिको ज्ञान भए स्वदेशमात्र नभइ विदेशमा समेत आयआर्जन गर्न सकिने उनको भनाई थियो।

कार्यक्रममा बोलेका अधिकांश वक्ताले आधुनिक शिक्षा प्रणाली प्रविधिमैत्री हुनुपर्नेमा जोड दिएका थिए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।