बिहीबार, साउन २१, २०८३

क्याम्पसको जग खन्दा लुकाएको थप सुन र चादी भेटियो

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

धनगढी – अछाममा शनिबार पुनः थप सुन भेटिएको छ। क्याम्पसको जग खन्ने क्रममा भेटिएको सुन लुकाएर राखेका अन्य ३ जनाबाट सुन बरामद गरिएको हो। 

शुक्रबार साँफेबगर नगरपालिका २ श्रीकोटस्थित त्रिपुरा सुन्दरी क्याम्पसको नयाँ भवनको जग खन्ने क्रममा भेटिएको सुन निर्माणमा संलग्न मजदूरहरुले भागबण्डा गरेर लिएका थिए। यसबारे प्रहरीले थाहा पाएपछि उनीहरुले माटोमुनि लुकाएर गाडेको अवस्थामा १८ तोलाबराबर सुनका परम्परागत गहना फेला परेका छन्।

सोही समूहमा रहेर भागबण्डा गरी सुन लुकाएर बसेका अन्य तीन जना साँफेबगर– ४ का कालु नेपाली, हरिजन साउद र आशिष लामाको साथबाट फेरी थप सुन र अन्य बहुमुल्य गहना बरामद गरिएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ। 

उनीहरुको साथबाट प्रहरीले १० हजार ८४ दशमलव ९२ ग्राम चादी जस्तो देखिने धातु र ७९ दशमलव ८०० ग्राम सुन जस्तो देखिने धातु बरामद गरेको हो। यसअघि बरामद धातु चेकजाँच गर्दा १८ तोला बढी सुन र अन्य चाँदी भएको पुष्टी भएको थियो।

यो पनि,

क्याम्पसको जग खन्दा १९ तोला सुन र चाँदी भेटियो

प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।