बिहीबार, साउन २१, २०८३

दाइजोको निहुँमा निशाको हत्या भएको माइती पक्षको आरोप

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

वीरगंज – रौतहटको राजदेवीमा मृत अवस्थामा फेला परेकी निशा उपाध्यायको हत्या भएको भन्दै माइती पक्षले छानबिनको माग गरेको छ।
 
रौतहटको राजदेवी नगरपालिका– ३ चण्डीहा निवासी २२ वर्षीया निशाले झुण्डिएर आत्महत्या गरेको भन्दै बेहुला २४ वर्षीय विवेक तिवारीको परिवारले दाबी गर्दै अन्त्येष्टी गरेको थियो। निशाले गत शनिबार आत्महत्या गरेको तिवारी पक्षको दाबी छ।

निशाको दाजु दिलीप उपाध्यायले शव जलाउनु अघि आफूले शव देख्दा कानबाट रगत बगेको र आँखामा चोट लागेको देखेपनि प्रहरीलेसमेत आत्महत्या भएको दाबी गर्दै केटा पक्षको पृष्ठपोषण गरेको गुनासो गरे। उनले भने, ‘शव देखेपछि शंका लागेर मैले आफन्तलाई बोलाउन खोज्दा प्रहरीले मेरो मोबाइल खोस्यो।’

थप दाइजो वापत फर्निचर माग गर्दै पटक–पटक आफ्नो बहिनीलाई केटा पक्षले यातना दिँदै आएको उनले बताए। उनले भने, ‘फोनमासमेत बहिनीसँग हामीले राम्ररी कुराकानी गर्न पाउँदैन थियौ।

२०७४ फागुन २२ गते बिहे भएको थियो। बिहेको समयमा केटा पक्षले माग गरे अनुसारको नगद दाइजो र जिन्सी दिइएको भएपनि केटापक्षले पटक‌–पटक थप दाइजो वापत फर्निचर माग्दै आएको आफूहरुले पैसाको जोहो गर्न समय लाग्ने जानकारी गराउँदासमेत  मानसिक यातना दिने कार्य जारी राखेको निशाको काका ६३ वर्षीय रामबाबु उपाध्यायले शनिबार पत्रकार सम्मेलनमा बताए।

उनले भने, ‘पोष्टमार्टम पूर्व संचारकर्मीलाई शवको तस्वीरसमेत खिच्न दिइएको थिएन, त्यही भएर प्रहरीकोसमेत यसमा मिलेमतो रहेको हाम्रो आशंका छ।

आफूले ६ कठ्ठा खेतीयोग्य जग्गा बेचेर आएको रकम बिहेको समयमा केटा पक्षले दाइजो उपलब्ध गराउँदासमेत बिहेपछि भतिजी निशालाई निरन्तर यातना दिने कार्य जारी रहेको उनले बताए।

गत वैशाख १४ गते आफ्नै घरमा मृत फेला परेकी निशाको एक वर्षकी छोरी छिन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।