बिहीबार, साउन २१, २०८३
  • गृहपृष्ठ
  • समाज
  • नीति तथा कार्यक्रममा राजपाद्वारा संशोधन प्रस्ताव दर्ता

नीति तथा कार्यक्रममा राजपाद्वारा संशोधन प्रस्ताव दर्ता

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

जनकपुरधाम – राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार प्रस्तुत गरेको सरकारको नीति तथा कार्यक्रममा राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले संशोधन प्रस्ताव दर्ता गराएको छ। नीति तथा कार्यक्रमको पाँचवटा बुँदाप्रति असहमति जनाउँदै राजपाले शनिबार संघीय संसदको सचिवालयमा संशोधन प्रस्ताव दर्ता गराएको हो।

नीति तथा कार्यक्रमको सातौं बुँदामा रहेको अन्तिम वाक्यलाई हटाई राजपाले ‘संविधानको सर्वस्वीकार्यता र स्वामित्वलाई पूर्णता दिन संविधान संशोधन गरिने छ’ भन्ने वाक्य राख्नुपर्ने बताएको छ। सरकारले पेश गरेको नीति तथा कार्यक्रममा ‘संविधानको सर्वस्वीकार्यता र स्वामित्वमा अब विमति छैन’ उल्लेख गरिएको छ।

राजपाले नीति तथा कार्यक्रमको आठौं बुँदामा पूर्ण संशोधनको माग गरेको छ। आठौं बुँदामा उल्लेख गरिएका वाक्या हटाई उसले पृथकतावाद एवं विखण्डनबादी विचार र हिंसाको राजनीतिको पूर्णतः अन्त्य गर्न सबै राजनीतिक शक्तिहरु समेटिने गरी राष्ट्रिय मूलधार निर्माण गरिने छ भन्ने वाक्यांश संशोधन गर्न भनेको छ ।

यसैगरी बुँदा २० मा हावाहुरी पीडित जनताका लागि आवास निर्माणको योजना लिएर सरकार बारा र पर्सा पुगेको छ भन्ने वाक्यांश पछि राजपाले ‘तराई–मधेश, पहाड र हिमाल क्षेत्रमा बाढी, पहिरो, आगलागीजस्ता प्रकोपहरुको नियन्त्रण तथा क्षति पश्चातको पूर्ननिर्माण गर्न स्वायत्त प्राधिकरण गठन गरिने छ,’ संशोधन गर्न भनेको छ।

यसैगरी बुँदा ३८ को दोस्रो वाक्यको ‘आधारहरु’ पछिको वाक्यांशको ‘मजबूत पारिने छ’ र बँदा ७९ को अन्तिम वाक्यको ‘करारखेती’ भन्दाअघि ‘कृषिको औद्योगिकरण’ थप्न भनेको छ।

प्रतिनिधिसभामा दर्ता गराइएको संशोधन प्रस्ताव आइतबार राष्ट्रसभामा पनि दर्ता गराइने राजपा उपाध्यक्ष एवं राष्ट्रसभा सदस्य वृषेशचन्द्र लालले जानकारी दिएका छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।