बिहीबार, साउन २१, २०८३

काजीको नेतृत्वमा बेग्लोरमा बेल्ट प्रशिक्षण

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

भैरहवा – नेपाली करातेका प्रशिक्षक के.बि राना (काजी) को नेतृत्वमा भारतीय शहर बेग्लोरमा बेल्ट प्रशिक्षण भइरहेकोछ।

गत शुक्रबारदेखी चलेको बेल्ट परिक्षणमा ७ वर्षदेखी ४० वर्षसम्मका खेलाडीहरु सहभागी रहेका छन्। जापन गोजुरीयो कराते डो मिसन एशोसियसन बेग्लोर तथा आर के. मार्सल आर्टस एकाडेमीकोको आयोजनामा भइरहेको उक्त कार्यक्रम आगमी मंगलबारसम्म चल्नेछ। बेल्ट परिक्षण तथा सेमिनारमा कर्नटक राज्यका २० जिल्लाका एक सय ५० जना खेलाडी सहभागी रहेको मुख्य प्रशिक्षक काजि रानाले बताए।

बेग्लोरको विजय नगरमा भइरहको उक्त सेमिनारमा भारतीय खेलाडीहरुको उत्साहवद्र्धक सहभागीता रहेको र मिसन गोजुरीयोको नयाँ डोजो पनि उद्घाटन भएको स्थानीय संयोजक कार्थी राजाले बताए।

भारतीय सेनाको सुवेदार मेजरबाट सेवानिवृत काजी रुपन्देहीका स्थायी बासिन्दा हुन्। उनी जापन गोजुरीयो कराते डो मिसन संघ नेपालका संस्थापक तथा प्रमुख प्रशिक्षक हुन्। उनकै नेतृत्वमा  दुई हप्ता अगाडी भारतको पटनामासम्पन्न अन्तराष्ट्रिय कराते प्रतियोगितामा नेपाली टिम २० स्वर्ण पदकसहित टिम च्यापीयन भएको थियो। मिसन गोजुरीयाको भारतमा १५ वटा डोजो रहेको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।