बिहीबार, साउन २१, २०८३

'आमा मेरी आमा'

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

सानो छँदा
पाइला सार्न खोज्दै
लड्छ भनी 
कोमल औंला समात्दै
लथ्रयाङ लुथ्रिङ हिँड्न सिकाको
याद आउँछ आमा
यो बिरानो सहरमा
आमा मेरी आमा।

सुत्ने बेला
कथा सुनाउथेऊ
त कहिले लोरी गाउँथेऊ
म तोते बोलीमै हजुर
भन्दाभन्दै सुत्दा
मेरो गालामा म्वाइँ खाको
याद आउँछ आमा
यो बिरानो सहरमा
आमा मेरी आमा।

त्यो धुलोमाटोमा
दिनभरी खेल्थे
साँझ फर्किंदा
थकाईले मर्थे
खाना नखाई
त्यो न्यानो काखमा 
भुसुक्क निदाको
याद आउँछ आमा
यो बिरानो सहरमा
आमा मेरी आमा।

एक पल नदेख्दा
चिन्ताम पर्थ्यौ 
आफूले नखाई
मेरो पेट भर्थ्यौ
कोखाई कोखाई गर्दै
पुल्पुलाई खुवाको
याद आउँछ आमा
यो बिरानो सहरमा
आमा मेरी आमा।

म रुवाउन खोज्थें
मन्द हाँस्थ्यौ
म ठुस्किन खोज्थेँ
अङ्गालोले बाँध्थ्यौ
त्यती धेरै माया गरेको
याद आउँछ आमा
यो बिरानो सहरमा
आमा मेरी आमा।

तर आज हजुर एक्लै 
म एक्लै
छुट्टिनु पर्दाको 
पीडा हुन्छ आमा
यो बिरानो सहरमा
आमा मेरी आमा।।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।