बिहीबार, साउन २१, २०८३

ठमेलबाट २० बालबालिकाको उद्धार

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं - नेपाल प्रहरीले ठमेल क्षेत्रबाट २० बालबालिकालाई उद्धार गरेको छ। महानगरीय प्रहरी परिसर काठमाडौँको नेतृत्वमा सञ्चालन भइरहेको ‘अप्रेसन रेस्क्यु अन्डरएज’ अभियानअन्तर्गत महानगरीय प्रहरी वृत्त लैनचौरबाट खटिएको टोलीले मादक पदार्थ सेवन गरेर ठमेलभित्र विभिन्न क्लब तथा डान्सबारमा प्रवेश गर्न खोज्ने २० बालबालिकालाई शनिबार बिहान तीन बजे उद्धार गरेको हो।  

वृत्तका प्रमुख प्रहरी नायब उपरीक्षक गौतमकुमार केसीले अपराधजन्य घटनामा जोखिमपूर्ण अवस्थामा रहेका बालबालिकालाई उद्धार गरिएको जानकारी दिए। “ठमेलभित्र हुने अपराधजन्य घटनाको जोखिमबाट जोगाउन ती बालबालिकालाई नियन्त्रणमा लिएका हौँ”, उनले भने। 

उद्धार गरिएका बालबालिकालाई उनीहरुका अभिभावकलाई आवश्यक परामर्श गरेर जिम्मा लगाउने वृत्तले जनाएको छ। महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार लामाले भने, “ठमेल, दरबारमार्ग, नयाँ बसपार्कलगायत जहाँ धेरै बालबालिका जान्छन् त्यस्ता क्षेत्रमा उक्त अभियान चलाउँदै आएका छौँ।” 

वृत्तले यसअघि ठमेल क्षेत्रका विभिन्न होटल, रेष्टुराँ तथा क्लबमा काम गर्ने ७८ बालबालिकाको उद्धार गरी सम्बन्धित अभिभावकलाई जिम्मा लगाएको थियो। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।