बिहीबार, साउन २१, २०८३

आजदेखि सीमा नाका बन्द

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं - भारतमा हुने लोकसभा निर्वाचनका लागि आज (शनिबार) बेलुकी ६ बजेदेखि नेपाल–भारत सीमा नाका ४८ घण्टा बन्द हुने भएको छ। भारतमा हुने निर्वाचन सुरक्षालाई ध्यानमा राखेर जमुनाहा नाका शनिबार बेलुकी ६ बजेदेखि वैशाख २३ गते बेलुकी ६ बजेसम्मका लागि बन्द हुने भएको हो। 

जिल्ला प्रशासन कार्यालयका अनुसार केही दिनअघि दुई देशका अधिकारीबीच भएको सहमतिअनुसार सीमा नाका बन्द गर्न लागिएको हो। प्रमुख जिल्ला अधिकारी मदन भुजेलले भारतको उत्तर प्रदेश राज्यको बहराइचमा हुने लोकसभा निर्वाचनका लागि नाका बन्द हुन लागेको जानकारी दिए। 

सीमा नाका बन्द हुँदा अत्यावश्यक र बिरामी बोकेका एम्बुलेन्स दुवै देशका सुरक्षाकर्मीको समन्वयमा आवतजावत गर्नेबाहेक अन्य आवतजावत ठप्प हुने प्रजिअ भुजेलले बताए। निर्वाचनका बेला घुसपैठ नहोस् भनेर दुवै देशमा निर्वाचन हुँदा सीमा नाका बन्द गरिँदै आएको छ। लोकसभा निर्वाचन नजिकिँदै जाँदा भारतीय सुरक्षाकर्मीले सीमा नाका क्षेत्रको सुरक्षा व्यवस्थामा कडाइ गरेको छ। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।