बिहीबार, साउन २१, २०८३

दाङमा झाडापखाला फैलियो

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

दाङ - दाङको शान्तिनगरमा झाडापखाला फैलिएको छ। शान्तिनगर गाउँपालिका–३ भलानेटीमा झाडापखाला फैलिएको गाउँपालिकाका अध्यक्ष कमानसिंह डाँगीले बताए। उनका अनुसार बिहीबार रातिदेखि फैलिएको झाडापखालाबाट २० जना बिरामी परेका छन्। 

बिरामीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुर र स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ। झाडापखाला प्रभावित क्षेत्रमा अहिले गाउँपालिकाको टोलीसँगै राप्ती प्रादेशिक अस्पतालबाट चिकित्सकको टोली त्यसतर्फ गएको छ। तर झाडापखाला लाग्नुको कारण खुल्न नसकेको गाउँपालिका अध्यक्ष डाँगीले बताए। गएको वर्ष पनि दाङको शान्तिनगर–३ मा झाडापखाला फैलिएको थियो। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।