बिहीबार, साउन २१, २०८३

सम्पूर्ण अपडेट- आज के-के भयो ?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- आज बैशाख २० गते शुक्रबार कहाँ के-के भयो? अब थाहा पाउनुहोस्, नेपाल समय दिनभरी।

नीति तथा कार्यक्रममाथि तीन दिन छलफल हुने

राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद्मा प्रस्तुत गरेको सरकारको नीति तथा कार्यक्रममाथि तीन दिन छलफल हुने भएको छ। सभामुख कृष्णबहादुर महराले यही वैशाख २२, २३ र २४ गते छलफल हुने जानकारी दिए। छलफलपछि प्रधानमन्त्री ओलीले जवाफ दिने कार्यक्रम रहेको छ। त्यसपछि सभामुखले प्रस्ताव गरेको धन्यवाद प्रस्तावको टुङ्गो लाग्नेछ।

'राजा फालेका हामीलाई 'रानी' बोक्ने रहर छैन'

सरकारको नीति तथा कार्यक्रम सम्बोधनका क्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रयोग गरेको मेरो सरकार शब्दको सामाजिक सञ्जालमा व्यापक आलोचना भइरहेको छ। फेसबुक तथा ट्विटर प्रयोगकर्ताहरुले यसलाई ब्यङ्ग्यात्मक रुपमा प्रस्तुत गर्दै पोष्टहरु सेयर गरिरहेका छन्। 

मुख्यमन्त्री राउतले पनि फुकाउन सकेनन् गाँठो : प्रदेशसभा बैठक पुनः अवरुद्ध

प्रदेशसभाको तेस्रो अधिवेशन सुरु भएयता विपक्षी दलहरुले लगातार दोस्रो पटक प्रदेशसभा बैठक अवरुद्ध गरेको छ। प्रदेश सरकार प्रतिपक्षी दललाई अटेर गरी अगाडी बढिरहेको आरोप लगाउँदै प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र नेपाली कांग्रेसले शुक्रबारको बैठक अवरुद्ध गरेको हो।

माधव नेपाल र प्रदीप ज्ञवालीको पिए भनेर लाखौं ठगी

माधव नेपाल र प्रदीप ज्ञवालीको स्वकीय (पिए) हुँ भन्दै विद्यार्थीसँग पसल रोकायाले लाखौँ असुलेको खुलासा भएको छ। सिटिइभिटी परीक्षामा फेल भए पनि पास गराइदिन्छु भन्दै जुम्लाका रोकायाले ठगी गरेका हुन्।

नीति तथा कार्यक्रम : वृद्धभत्ता वृद्धिदेखि गाउँगाउँमा डाक्टरसम्म (पूर्णपाठ)

राष्ट्रपति विद्या भण्डारीले संसद्मा बाचा गरेको नीति तथा कार्यक्रम विभिन्न विशेषताले भरिएको छ। जसमा सामाजिक सुरक्षा (वृद्धभत्ता) वृद्धिदेखि एक स्थानीय निकायमा एक डाक्टरसम्मको कार्यक्रम समावेश गरिएको छ। यसअघि वृद्धभत्ता वृद्धि नगरेको सरकारले ठूलो आलोचना सहनुपरेको थियो। सो आलोचनाको घाउ पुर्ने गरी सरकारले यसपटक सामाजिक सुरक्षा भत्ता वृद्धिसम्म कार्यक्रम ल्याएको छ।

राष्ट्रपतिको सम्बोधन : राजा सम्झाउने ‘मेरो सरकार’

लोकतन्त्र आएपछि सरकारले ल्याउने कार्यक्रममा नेपाल सरकार भनेर उल्लेख हुन्थ्यो। तर बिहीबार पेस भएको नीति कार्यक्रममा राष्ट्रपति विद्या भण्डारीले ‘मेरो सरकार’ भन्ने वाक्यांश उल्लेख गरेकी  छन्।

मच्छिन्द्रनाथको रथारोहण आइतबार, रथ बुधबार तानिने

वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको रथारोहण आइतबार पुल्चोकमा हुने भएको छ। हरेक वर्ष वैशाख शुक्लपक्ष प्रतिपदाको दिन रातो मच्छिन्द्रनाथलाई तःबहालस्थित मन्दिरबाट बाजागाजा र पूजाआजासहित खटमा राखेर पुल्चोकमा निर्माण गरिएको रथमा लगेर विराजमान गराइन्छ। 

पृथकतावाद अन्त्य : राष्ट्रपति

राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्मा शुक्रबार सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेकी छन्। उनले सम्बोधन गर्दै संविधान कार्यान्वयन गर्न र आवश्यक कानुन निर्माण गर्न सरकार सफल भएको बताएकी छन्। उनले पृथकतावाद अन्त्य भएको बताइन् । उनले भनिन्, ‘सबै राजनीतिक शक्ति संविधानको मूलधारमा आउनु यस अवधिको असाधारण उपलब्धि हो।’

सरकारको नीति तथा कार्यक्रम संसदमा प्रस्तुत हुँदै

सरकारको वार्षिक नीति तथा कार्यक्रम संसद्मा प्रस्तुत हुँदैछ । संघीय संसद्को दिउँसो ४ बजे बसेको संयुक्त बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले नीति तथा कार्यक्रम प्रस्तुत गर्न लागेकी हुन् । 

हिमाली क्षेत्रका पर्यटकलाई सुरक्षित रहन आग्रह

नेपाल पर्यटन विभागले पर्वतारोहणका लागि विभिन्न हिमाल आरोहण गर्न जाने स्वदेशी तथा विदेशी पर्यटकलाई सुरक्षित रहन आग्रह गरेको छ। विभागको होटल तथा पर्वतारोहण शाखाले शु्क्रबार एक विज्ञप्ति जारी गरी जल तथा मौसम विज्ञान विभाग तथा मौसमविद्का अनुसार हिमाली क्षेत्रमा भारी हिमपात हुनसक्ने पूर्वअनुमानलाई दृष्टिगत गर्दै पर्यटकलाई सुरक्षित रहन आग्रह गरेको हो। 

क्याम्पसको जग खन्दा १९ तोला सुन र चाँदी भेटियो

अछामको साँफेबगर नगरपालिका(२ जाल्पादेवी श्रीकोटस्थित त्रिपुरा बहुमुखी क्याम्पसको भवन निमार्णका लागि जग खन्ने क्रममा सुन र चाँदी भेटिएको छ। चारकोठे भवनको पिल्लरका लागि जग खन्ने क्रममा मजदुरले १९ तोला ८९ लाल अर्थात् २ सय ३१‍‍.६७ ग्राम सुन र १ सय ३२ तोला ७३ लाल अर्थात् १५ सय ४८ ग्राम चाँदी फेला पारेको प्रहरीले जनाएको छ।

'आगामी आर्थिक वर्षदेखि कर्मचारी अभाव हुँदैन'

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले आगामी असार मसान्तभित्रै कर्मचारीको सबै व्यवस्थापन भैसक्ने दाबी गरेका छन्। समायोजनका सम्पूर्ण कामहरु एक साताभित्रै सम्पन्न हुने बताउँदै उनले अपुग कर्मचारीको व्यवस्थापनसमेत आगामी असारसम्म सम्पन्न हुने दाबी गरे।

वर्षाले जलमग्न भक्तपुर (फोटो फिचर)

बंगालको खाडीबाट आएको फानीले नेपालमा पनि प्रभाव पारेको छ। जसको कारण भक्तपुरका केही स्थान जलमग्न भएका छन्। भक्तपुरको औद्योगिक क्षेत्र ठुलो व्यासीको सडक केही समय अघि जलमग्न भएका थिए। गत वर्ष पनि भारी वर्षाका कारण डुबाउनमा परेको भक्तपुर क्षेत्र आजको वर्षाले केही समय जलमग्न देखिएको थियो।

१०१ का एक नम्बर डीआइजी विश्वराज पोखरेल

नेपाल प्रहरीका एसएसपी विश्वराज पोखरेल १०१ को एक नम्बर डिआइजीमा बढुवा भएका छन्।  

हावाहुरीले आन्तरिक उडान अवरुद्ध, यात्रु मारमा 

हावाहुरीका कारण शुक्रबार आन्तरिक उडान अवरुद्ध भएको छ । 

राजधानीमा दिउँसै अन्धकार, मेघगर्जनसहित वर्षा

बिहानै झलमल्ल घाम लागेको राजधानी १० बजेपछि एक्कासि अन्धकार भएको छ । मौसममा एकाएक परिवर्तन आएपछि राजधानीबासी त्रसित बनेका छन् । 

लुम्बिनी क्षेत्रमा भिषण हावाहुरी, स्थानीय त्रासमा 

 बिहीबार रातीदेखि नै मौसममा देखिएको खराबीका कारण लुम्बिनी क्षेत्रका स्थानीय त्रसित देखिएका छन् ।

नेपाली नागरिकता : भारतीयको दौडधुप 

यतिबेला तराईका जिल्ला प्रशासन कार्यालयमा थेगी नसक्नुको भीड बढेको छ । सरकारको निर्णयअनुसार सीमावर्ती जिल्लाका प्रशासन कार्यालयमा नागरिकता लिनेको भीड हाटबजारमा तरकारी किन्नेको भन्दा बढी देखिन्छ । फाट्टफुट्ट नागरिकता वितरण गर्ने प्रशासन कार्यालयका कर्मचारी व्यस्त छन् ।
 
अबको तीन दिन हावाहुरीसहित वर्षा हुने
मौसममा देखिएको बद्लावसँगै शुक्रबार फानी आँधीको जोखिम देखिएको छ ।

नेपाली सेना भन्छ- यति बारे भारतीय सेनाको दावी गलत

भारतीय सेनाले नेपालको मकालु बरुण संरक्षण क्षेत्रमा काल्पनिक हिम मानव यतिको पाइला भेटेको भनेर गरेको दावी गलत भएको नेपाली सेनाले जनाएको छ ।

सरकारकाे नीति तथा कार्यक्रम आज : अघिल्लो वर्षको लक्ष्य अधुरै

सरकारको वार्षिक नीति तथा कार्यक्रम शुक्रबार (आज) संसद्मा प्रस्तुत हुँदैछ ।

७ करोड नाफा राखेर फेरि बढाइयो इन्धनको मूल्य 

 नेपाल आयल निगमले पाक्षिक ७ करोड नाफा राखेर इन्धनको मूल्य बढाएको छ । निगमले बिहीबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ ५० पैसा, डिजेल र मट्टीतेलमा प्रतिलिटर १ रुपैयाँ बढाएको हो ।

‘फानी’ आँधीको डरले भारतका ८ लाख मानिस सारियो

सामुद्रिक आँधी फानी आउन लागेको आशंकामा भारतको पूर्वीय तटवर्ती क्षेत्रबाट करिब ८ लाख मानिसलाई सुरक्षित स्थानमा सारिएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।