बिहीबार, साउन २१, २०८३

एकै पटक दुई सय ३८ जना सम्मानित

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

ललितपुर – ललितपुर महानगरपालिका वडा नं १६ ले वडाका जेष्ठ नागरिकलाई सम्मान गरेको छ। जेष्ठ नागरिकले पुर्‍याएको योगदानको कदर गर्दै उनीहरुलाई सम्मान गरिएको हो। सम्मानित हुनेमा वृद्धवृद्धा गरी दुई सय ३८ जना छन्। ती मध्ये तीन जनाले एक सय वर्ष पुरा गरेका छन्।
 
सम्मानित हुनेमा पुर्व मेयर तथा मन्त्री बुद्धिराज बज्राचार्य पनि थिए। सम्मानित हुनेलाई ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले खादा, फूलमाला सहित सम्मान पत्र प्रदान गरे। उनले जेष्ठ नागरिक ज्युँदो इतिहास भएको बताउँदै उनीहरुको ज्ञान, अनुभव नयाँ पुस्ताका लागि महत्वपुर्ण सामग्री हुने बताए। मृत्युपछि सम्मान गर्ने परम्परागत चलनलाई तोडेर जीवन छँदा नै सम्मान गर्ने संस्कार सुरु गर्नु महत्वपुर्ण भएको बताउँदै मेयर महर्जनले महानगरपालिकाका जेष्ठ नागरिकको जीवन सहज र सजिलो बनाउन प्रयासरत रहेको बताए।

वडा अध्यक्ष निर्मलरत्न शाक्यले यस्ता सम्मानले जेष्ठ नागरिकमा उर्जा मिल्ने बताए। वृद्धवुद्धाको सम्मान स्वरुप कार्यक्रम गरेको उनको भनाई छ। 

भिक्षु कौडिन्य महास्थवीरले सन्तुष्टि नै वृद्ध अवस्थाको सुखको आधार भएको बताए। जीवनको उत्तरार्धलाई सुखमय बनाउन परिवारको सहयोग महत्वपुर्ण हुने उनले बताए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।