बिहीबार, साउन २१, २०८३

राष्ट्रपतिको सम्बोधन : राजा सम्झाउने ‘मेरो सरकार’

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडाैं । लोकतन्त्र आएपछि सरकारले ल्याउने कार्यक्रममा नेपाल सरकार भनेर उल्लेख हुन्थ्यो। तर बिहीबार पेस भएको नीति कार्यक्रममा राष्ट्रपति विद्या भण्डारीले ‘मेरो सरकार’ भन्ने वाक्यांश उल्लेख गरेकी  छन्।

२००६ सालमा राणा र कांग्रेसबीच श्री ३ कि श्री ५ भन्ने विवाद चलेको थियो। राजा त्रिभुवनका पक्षमा रहेको नेपाली कांग्रेसले श्री ३ को सरकारविरुद्ध श्री ५ को सरकार भन्ने वाक्य प्रयोग गर्दै आएको थियो। त्यसपछि नेपालमा राजाले नीति कार्यक्रम प्रस्तुत गर्दै श्री ५ को सरकारलाई मेरो सरकार भनी सम्बोधन गर्ने गरेका थिए। तर गणतन्त्र आएपछि नेपालमा राष्ट्रपतिले नीति कार्यक्रम प्रस्तुत गर्दा नेपाल सरकार भन्दै आएका थिए। तर बिहीबार सरकारको नीति कार्यक्रम वाचन गर्दै राष्ट्रपतिले पटकपटक नेपाल सरकारका ठाउँमा मेरो सरकार भन्दै सम्बोधन गरेकी थिइन्।

यो सरकार विद्या भण्डारीको होइन। किनकि उनी श्री ५ वा श्री तीन केही होइनन्। त्यसकारण मेरो सरकार सम्बोधन गराएर सरकारले राष्ट्रपतिलाई फेरि विवादमा पर्ने काम गरेको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।