काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्मा शुक्रबार सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेकी छन्। उनले सम्बोधन गर्दै संविधान कार्यान्वयन गर्न र आवश्यक कानुन निर्माण गर्न सरकार सफल भएको बताएकी छन्। उनले पृथकतावाद अन्त्य भएको बताइन् । उनले भनिन्, ‘सबै राजनीतिक शक्ति संविधानको मूलधारमा आउनु यस अवधिको असाधारण उपलब्धि हो।’
जनताका समस्या पहिचान गरी सम्बोधन गर्ने संस्कृतिको विकास हुँदै गएको भन्दै उनले जनप्रतिनिधिको भूमिका सशक्त हुँदै गएको बताइन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४