बिहीबार, साउन २१, २०८३

सरकारको नीति तथा कार्यक्रम संसदमा प्रस्तुत हुँदै

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं - सरकारको वार्षिक नीति तथा कार्यक्रम संसद्मा प्रस्तुत हुँदैछ । संघीय संसद्को दिउँसो ४ बजे बसेको संयुक्त बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले नीति तथा कार्यक्रम प्रस्तुत गर्न लागेकी हुन् । 

झण्डै दुई तिहाई नेतृत्वको सरकारको दोस्रो नीति तथा कार्यक्रम सार्वजनिक हुन लागेको हो । सरकारले आर्थिक विकास, रोजगारी सिर्जना र सामाजिक सुरक्षाका कार्यक्रममा जोड दिने गरी नीति तथा कार्यक्रम तयार पारेको जनाएको छ । 

स्रोतका अनुसार अघिल्लो वर्षमा जस्तै यसपटक पनि सरकारले महत्वाकाक्षी योजनाहरु धेरै समेटेको छ । अघिल्लो वर्ष लिएको अधिकांश लक्ष्यमा सरकार फेल भएको छ । 

गत वर्ष सरकारले प्रतिब्यक्ति आय आगामी पाँच वर्षभित्र दोब्बर बनाउने लक्ष्य लिएको थियो । तर, चालू आर्थिक वर्षमा नेपालीको प्रतिव्यक्ति आय १०३४ डलर पुगेको छ । यो गत आवको भन्दा ३६ डलरले मात्रै बढी हो।

यस्तै  चालू आवको बजेटले करिब ८ प्रतिशत आर्थिक वृद्धि हुने अनुमान गरेको थियो, तर ६.८१ प्रतिशतले मात्रै आर्थिक वृद्धि हुने तथ्यांक विभागको प्रक्षेपण छ ।

यसैगरि सरकारकाले पाँच वर्षमा कृषिको उत्पादन दोब्बर बनाइनेछ भनेर लक्ष्य लिएको थियो । तर, प्रमुख खाद्यान्न चामलको आयात अघिल्लो वर्षको तुलनामा १९।४ प्रतिशत बढेर २३ अर्ब ४ करोड रुपैयाँको आयात भएको छ । 

त्यस्तै चालू आवको आठ महिनामा फलफूल आयात ८२.४ प्रतिशतले बढेर ६ अर्ब ६५ करोड पुगेको छ । तरकारी आयात ३६.४ प्रतिशतले बढेर १० अर्ब ४९ करोडको आयात भएको छ ।

यी बाहेक विमानस्थल, सडक, जलविद्युतलगायतका क्षेत्रमा लिएको लक्ष्य पनि सरकारले पुरा गर्न सकेन । अधिकांश लक्ष्यमा सरकार असफल भएको छ । विज्ञहरुका अनुसार ज्यादा महत्वाकाक्षी योजना बनाएकै कारण सरकार कार्यान्व्यन गर्न असफल भएको हो ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।