बिहीबार, साउन २१, २०८३

हिमाली क्षेत्रका पर्यटकलाई सुरक्षित रहन आग्रह

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं - नेपाल पर्यटन विभागले पर्वतारोहणका लागि विभिन्न हिमाल आरोहण गर्न जाने स्वदेशी तथा विदेशी पर्यटकलाई सुरक्षित रहन आग्रह गरेको छ। विभागको होटल तथा पर्वतारोहण शाखाले शु्क्रबार एक विज्ञप्ति जारी गरी जल तथा मौसम विज्ञान विभाग तथा मौसमविद्का अनुसार हिमाली क्षेत्रमा भारी हिमपात हुनसक्ने पूर्वअनुमानलाई दृष्टिगत गर्दै पर्यटकलाई सुरक्षित रहन आग्रह गरेको हो। 

“नेपालका विभिन्न क्षेत्रका भ्रमणमा रहेका  तथा पर्वतारोहणका लागि विभिन्न हिमाल गएका पर्यटक तथा पर्यटकलाई व्यवस्थापन गर्ने संस्थालाई प्रतिकूल मौसमको ख्याल गरी आफू र आफ्ना पर्यटकलाई सुरक्षित ठाउँमा राख्न आग्रह गर्दछौँ,”–विज्ञप्तिमा भनिएको छ। विभागका निर्देशक मीरा आचार्यले तराई तथा पहाडी क्षेत्रमा भिषण हावाहुरी आउनाका साथै पानी पर्न सक्ने भएकाले त्यसबाट जोगिन समेत सबैलाई आग्रह गरेकी छन्।

प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।