बिहीबार, साउन २१, २०८३

क्याम्पसको जग खन्दा १९ तोला सुन र चाँदी भेटियो

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

धनगढी - अछामको साँफेबगर नगरपालिका(२ जाल्पादेवी श्रीकोटस्थित त्रिपुरा बहुमुखी क्याम्पसको भवन निमार्णका लागि जग खन्ने क्रममा सुन र चाँदी भेटिएको छ। चारकोठे भवनको पिल्लरका लागि जग खन्ने क्रममा मजदुरले १९ तोला ८९ लाल अर्थात् २ सय ३१‍‍.६७ ग्राम सुन र १ सय ३२ तोला ७३ लाल अर्थात् १५ सय ४८ ग्राम चाँदी फेला पारेको प्रहरीले जनाएको छ।

फेला पारेको सुनचाँदी इलाका प्रहरी कार्यालय साँफेबगरमा राखिएको छ। मजदुरहरुबीच भागबन्डामा विवाद भएपछि कुरा बाहिर आएको वडा नम्बर २ का अध्यक्ष कालुसिंह कुँवरले बताए। उनले भने, 'करिब एक हप्ताअगाडि नै फेला परेको सुनचाँदी हो, तर मजदुरबीच कुरा नमिल्दा बिहीबार मात्र बाहिर आएपछि थाहा भयो। अहिले प्रहरीको निगरानीमा खन्ने काम भइरहेको छ। सो ठाउँबाट भगवानका मूर्तिसमेत फेला परेका छन्।' 

'पहिले राजाको बसोबास रहेको ठाउँ भएकाले सुनचाँदीहरु भेटिएको हो,' उनले भने। फेला परेको सुन सुनचाँदी व्यवसायीसँग जाँच गरेपछि इलाका प्रहरी कार्यालयमा राखिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार मजदुरले फेला पारेको केही सुन बेचेर खाएको आशंकामा ६ जनालाई हिरासतमा राखेर सोधपुछ चलिरहेको छ। १४२४ सालमा श्रीकोटमा राजा सूर्य मल्लको दरबार रहेको इतिहास छ। १४०९ सालमा डोटीलाई राजा निरय पालले स्वतन्त्र घोषणा गरेपछि उनको प्रभावलाई नष्ट पार्न र सिंजाको पकडमा डोटीलाई पार्न सूर्य मल्ल श्रीकोटमा दरबार बनाएर बस्न थालेपछि त्यस बेला सो ठाउँलाई सूर्यकोट दरबार भन्न थालिएको स्थानीयले बताए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।