बिहीबार, साउन २१, २०८३

'आगामी आर्थिक वर्षदेखि कर्मचारी अभाव हुँदैन'

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं – संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले आगामी असार मसान्तभित्रै कर्मचारीको सबै व्यवस्थापन भैसक्ने दाबी गरेका छन्। समायोजनका सम्पूर्ण कामहरु एक साताभित्रै सम्पन्न हुने बताउँदै उनले अपुग कर्मचारीको व्यवस्थापनसमेत आगामी असारसम्म सम्पन्न हुने दाबी गरे।

शुक्रबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा मन्त्री पण्डितले भने, ‘आउने आर्थिक वर्षदेखि अब कर्मचारीको अभाव हुनेछैन। अब सेवाग्राहीले कुनै गुनासो पोख्न पाउनुहुनेछैन।’ वर्तमान सरकारले अघि सारेको ‘सुखी नेपाली, समृद्ध नेपाल’ को नारा साकार हुने दिशातर्फ मुलुक अघि बढिरहेको उनले स्पष्ट पारे।

मन्त्री पण्डितले प्रशासनिकतर्फको कर्मचारी समायोजनको धेरैजसो काम सम्पन्न भैसकेको बताए। उनले भने, ‘अहिले स्वास्थ्यतर्फको काम धमाधम भैरहेको छ। एक हप्ताभित्रै सबै समायोजनको काम सम्पन्न गरिसक्छौं। बढिमा यो महिनाभित्रै काम सकिन्छ भन्नेमा म विश्वस्त छु।’

यतिवेला संघीयता कार्यान्वयनको चरणमा रहेकोले सरकार त्यसतर्फ सचेत भएर अघि बढिरहेको उनले बताए। संघीयता कार्यान्वयनका कामहरु अघि बढाउँदा केही अप्ठ्याराहरु आएपनि वर्तमान सरकारले बढो जिम्मेवार ढंगले कामहरु सम्पन्न गरिरहेको मन्त्री पण्डितको भनाई छ।

समायोजनको विषयमा कर्मचारीहरुले उठाएका र राखेका जायज गुनासाहरुलाई सरकारले सम्बोधन गरिरहेको उनले बताए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।