काठमाडौ- हावाहुरीका कारण शुक्रबार आन्तरिक उडान अवरुद्ध भएको छ ।
बिहान १० बजेदेखि उडान र अवतरण गर्न नसकिएको विमानस्थलका निर्देशक राजकुमार क्षेत्रीले बताए । उनका अनुसार आन्तरिक उडान गर्ने भिजिबिलिटी कम्तीमा पाँच किलोमिटर हुनुपर्छ । एक्कासि अँध्यारो हुँदा भिजिबिलिटी नहुँदा उडान अवरुद्ध मएको हो ।
अन्तर्राष्ट्रिय उडान भने रोकिएको छैन । कम्तीमा १८ सयदेखि २२ सय मिटरसम्म भिजिबिलिटी हुँदा अन्तर्राष्ट्रिय उडान अवरुद्ध हुँदैन ।
बंगालको खाडीबाट सुरु भएको फानी आँधीकाको प्रभाव काठमाडौंलगायत देशका अधिकांश क्षेत्रमा देखिएको मौसमविद्हरुले जनाएका छन् । अहिले काठमाडौं उपत्यकालगायतका स्थानमा हावाहुरी, चटङसहित वर्षा भइरहेको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४