काठमाडौं- बिहानै झलमल्ल घाम लागेको राजधानी १० बजेपछि एक्कासि अन्धकार भएको छ । मौसममा एकाएक परिवर्तन आएपछि राजधानीबासी त्रसित बनेका छन् ।
हावाहुरीसहित वर्षा हुन थालेपछि त्रिभुवन अन्तर्राष्ट्रिय उडान अवरुद्ध भएको छ । उडान अवरुद्ध हुँदा स्वदेशी एवम् विदेशी विमानमा यात्रा गर्ने हजारौं पर्यटक प्र्रभावित भएका छन् ।
यतिबेला राजधानीलगायतका आसपास क्षेत्र अध्यारो भएको छ भने मेघगर्जनसहित वर्षा भएको छ । ठाउँ ठाउँमा हावाहुरी समेत चलेको छ । ठूलो हावाहुरीसहित वर्षा हुँदा उपत्यकाबासीको दैनिकी नै प्रभावित भएको छ । हावाहुरीका कारण बटुवा, कार्यालय हिँडेका कर्मचारी, विद्यार्थी हतारहतार गन्तव्यर्फ लम्किरहेका देखिन्छन् ।
बंगालको खाडीबाट सुरु भएको फानी आँधीकाको प्रभाव देखिएको मौसमविद्हरुले जनाएका छन् । मौसमविदुहरुका अनुसार हावाहुरी पश्चिम नेपालबाट मध्यभाग हुँदै पूर्वतर्फ लागेको छ । विगत केही दिनअघि नै मौसमविद्हरूले पूर्वामान गरेका कारण सहरका सडकमा सवारीसाधन कमै चलेका छन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४