बुटवल- बिहीबार रातीदेखि नै मौसममा देखिएको खराबीका कारण लुम्बिनी क्षेत्रका स्थानीय त्रसित देखिएका छन् ।
शुक्रबार बिहान अकस्मात अन्धकार भएर भिषण हावाहुरी चलेपछि स्थानीय थप त्रसित देखिएका हुन् । शुक्रबार बिहानैदेखि भैरहवा, परासि, तौलिहवा लगायत पश्चिम तराईमा हावा हुरीसहित मेघ गर्जन सहित पानी परेको छ । आकाश नखुल्दा मान्छेहरु घरबाहिर निस्किएका छैनन ।
ठुलो हावा हुरि सहितको पानी परिरहेको छ। यद्पि अहिले सम्म कुनै क्षति भने भएको छैन । रुपन्देहीका प्रमुख जिल्ला अधिकारी उदय रानाले सबैलाई सचेत हुन जिल्लाबासीलाई अपिल गरेका छन् ।
