काठमाडौं- मौसममा देखिएको बद्लावसँगै शुक्रबार फानी आँधीको जोखिम देखिएको छ ।
मौसमविद्हरुका अनुसार केही दिनअघि भारतमा गएको ‘फानी’ आँधी बिस्तारै उत्तरपश्चिम दिशातर्फ बढेको र त्यसको असर शुक्रबार नेपालमा पनि देखिने भएको छ ।
मौसमविद्हरूले अपरान्हपछि हावाहुरीको जोखिम रहेकाले सजग बन्न सुझाव दिएकाछन् । शुक्रबार बिहानैदेखि कपिलवस्तु, रुपन्देही लगायतका क्षेत्रमा हावाहुरीसहित वर्षा भएको छ । यो क्रमश पूर्वतिर सर्ने र अझै ठूलो रुप लिन सक्ने मौसम पूर्वानुमान महाशाखले जनाएको छ।
महाशाखाले निकालेको सुचनाअनुसार आज शुक्रबार र भोलि शनिबार हावाहुरीको सम्भावना छ भने आइतबार पनि मौसम खराब रहने छ । देशका अधिकांश ठाउँमा हावाहुरी तथा मेघ गर्जन सहित वर्षा हुने महाशाखाको अनुमान छ ।
यस्तो हुनेछ तीन दिनको मौसम
बैशाख २० गते (शुक्रबार):
दिउँसोः देशको पुर्वी भु-भागमा पुर्ण बदलि र मध्य र पश्चिमी भु-भागमा आंसिक देखि सामान्य बदलि रही पुर्वका केहि स्थानहरुमा र मध्य र पश्चिमका थोरै स्थानमा मेघ गर्जन, हावाहुरी सहित हल्का देखि मध्यम वर्षाको संभावना रहेको छ |
राति: देशभरि सामान्य देखि पुर्ण बदली रही पुर्वका केहि स्थानहरुमा र मध्य र पश्चिमी भु-भागका थोरै स्थानमा मेघ गर्जन, हावाहुरी सहित हल्का देखि मध्यम वर्षाको संभावना रहेको छ | उच्च पहाडी र हिमालि भु-भागमा हल्का देखि मध्यम खालको हिमपात हुने संभावना छ।
बैशाख २१ गते (शनिबार):
दिउँसोः देशको पुर्वी भु-भागमा पुर्ण बदली, मध्य र पश्चिमी भु-भागमा आंसिक देखि सामान्य बदलि रही पुर्वी भु-भागका अधिकांस स्थानहरुमा , मध्य र पश्चिमका केहि स्थानहरुमा मेघ गर्जन, हावाहुरी सहित वर्षाको संभावना रहेको छ र पुर्वका एक दुइ स्थानमा भारि बर्षाको पनि संभावना छ। उच्च पहाडी र हिमालि भु-भागमा हल्का देखि मध्यम खालको हिमपात हुने संभावना छ
राति: देशको पुर्वी भु-भागमा पुर्ण बदली, मध्य र पश्चिमी पहाडी भु-भागमा आंसिक देखि सामान्य बदलि रहि बाँकी भु-भागमा आंसिक बदली रहनेछ। पुर्वी भु-भाग लगायात मध्य तथा पश्चिमी पहाडी भु-भागका केहि स्थानहरुमा मेघ गर्जन, हावाहुरी सहित वर्षाको संभावना रहेको छ र पुर्वका एक दुइ स्थानमा भारि बर्षाको पनि संभावना छ। उच्च पहाडी र हिमालि भु-भागमा हल्का देखि मध्यम खालको हिमपात हुने संभावना छ।
बैशाख २२ गते (आइतबार):
दिउँसोः देशको पहाडी भु-भागमा आंसिक देखि सामान्य बदलि रही बाँकि भु-भागमा आंसिक बदलि हुने देखिन्छ। पुर्वी पहाडी भु-भागका थोरै स्थानहरुमा , मध्य र पश्चिमका पहाडी भु-भागका एक दुइ स्थानमा मेघ गर्जन सहित वर्षाको संभावना रहेको छ
राति: देशको पहाडी भु-भागमा आंसिक बदलि रही बाँकि भु-भागमा सामान्यतया सफा हुने देखिन्छ।पहाडी भु-भागका थोरै स्थानमा मेघ गर्जन सहित वर्षाको संभावना रहेको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४