बिहीबार, साउन २१, २०८३

प्रिन्सिपल छनोटमा पूर्व विद्यार्थीको असन्तुष्टि

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं - बूढानिलकण्ठ स्कुलको नयाँ प्रिन्सिपल छनोटप्रति स्कुलका पूर्व विद्यार्थीले असन्तुष्टि जनाएका छन्। देशकै प्रतिष्ठित तथा देशभरका विद्यार्थी अध्ययन गर्ने स्कुलको प्रिन्सिपल छनोट पारदर्शी नभएको तथा राजनीतिक चलखेल भएको भन्दै पूर्व विद्यार्थीले असन्तुष्टि जनाएका हुन्। 

छनोट प्रक्रियाप्रति असन्तुष्टि जनाउँदै स्कुलका एक पूर्व विद्यार्थी सर्लाही जिल्ला बरहथवा–८ का सन्तोष साहले बिहीबार (वैशाख १९ गते) शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसँग सूचना माग गरेका छन्। नेपालको संविधानको धारा २७ तथा सूचनाको हक सम्बन्धि ऐन, २०६४ को दफा ३ र ७ को उपययोग गर्दै साहले मन्त्रालयका सूचना अधिकारीलाई सम्बोधन गर्दै पत्र लेखेर उक्त पत्र सिंहदरबारस्थित शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा दर्तासमेत गराएका छन्। 

छनोटमा सहभागी सम्पूर्ण निवेदकहरुको प्रारम्भिक चरणदेखि नतिजा घोषणासम्मको प्राप्ताङ्क, निवेदकहरूले दिएको प्रस्तुतिकरण, उनीहरुले हासिलको गरेको स्थान (नतिजा) तथा छनोट विधि र प्रक्रियाको प्रतिलिपि, निवेदकहरुले हासिल गरेको प्राप्ताङ्क तथा नतिजाको आधार समेत खुलाइदिन अनुरोध गर्दै आफूले निवेदन दिएको साहले जानकारी दिए। 

आफू सोही विद्यालयको पूर्व विद्यार्थी भएको र उक्त स्कुल नेपाल सरकारको स्वामित्वमा रहेको राष्ट्रिय गौरवको शैक्षिक संस्था भएकाले सार्वजनिक हितको लागि सूचना माग गरेको साहको भनाइ छ।
 
२०७६ वैशाख १७ गते ५ वर्षका लागि बूढानिलकण्ठ स्कुलको प्रधानाध्यापक छनोट नतिजाको घोषणा गरेको थियो।

नागरिकले कुनै पनि सार्वजनिक महत्वको विषयमा मागेको सूचना सम्बन्धित निकाय/कार्यालयले कानुनले तोकिएको समयभित्र उपलब्ध नगराएको खण्डमा राष्ट्रिय सूचना आयोगमा पुनरावेदन गर्न सक्ने कानुनी व्यवस्था छ।

प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।