बुधबार, कात्तिक १९, २०८२

उद्धारमा परिचालित अमेरिकी विमानमा शिशुको जन्म

उद्धारका लागि परिचालन गरिएको अमेरिकी उडानका क्रममा अफगान महिलाले बच्चा जन्माएकी हुन्। यूएस एअर मोबिलिटी कमान्डले ती महिला आफ्नो परिवारसँग मध्यपूर्वबाट यात्रा गरिरहेका बेला सुत्केरी व्यथाले च्यापेको जनाएको छ।
 |  आइतबार, भदौ ६, २०७८

बीबीसी

बीबीसी

आइतबार, भदौ ६, २०७८
Kumaribank
Metro Mart

काठमाडौं– अफगानीको उद्धारमा खटिएको एक अमेरिकी विमानमा महिलाले शिशु जन्माएकी छन्। उद्धारका लागि परिचालन गरिएको अमेरिकी उडानका क्रममा अफगान महिलाले बच्चा जन्माएकी हुन्। यूएस एअर मोबिलिटी कमान्डले ती महिला आफ्नो परिवारसँग मध्यपूर्वबाट यात्रा गरिरहेका बेला सुत्केरी व्यथाले च्यापेको जनाएको छ।

प्रसप पीडाले सताएपछि विमानका कमान्डरले विमानमा हावाको चाप बढाउन उडानको उचाइ कम गरेका थिए। त्यसपछि ती महिलाको ज्यान बचाउन मद्दत गरेको थियो। जर्मनीमा विमान अवतरण हुने बित्तिकै अमेरिकी सैन्य चिकित्सकहरूको टोली आइपुगेको थियो। 

बच्चा र आमा दुवैको अवस्था राम्रो रहेको छ। उनीहरूलाई नजिकैको अस्पतालमा लगिएको छ। 

प्रकाशित: Aug 22, 2021| 15:44 आइतबार, भदौ ६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।