बिहीबार, साउन २१, २०८३

टिप्परले लियो परीक्षार्थीको ज्यान

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं - बुटवलमा टिप्परको ठक्करबाट एक परीक्षार्थीको ज्यान गएको छ। लु२ख १९०३ नम्बरको टिप्परको ठक्करबाट लु ४५ प ७२३४ नम्बरको स्कुटरमा सवार १९ वर्षीया पुष्पा भण्डारीको मृत्यु भएको हो। प्रहरीले टिप्पर र त्यसका चालकलाई नियन्त्रणमा लिएकाे छ।

उनी कक्षा १२ को परीक्षा दिएर बुवा घनश्याम भण्डारीसँग स्कुटरमा घर फर्किरहेकी थिइन्। दुर्घटना बुटवलको पाखापानी नजिकै भएको प्रहरीले जानकारी दिएको छ। स्कुटर चालक घनश्याम भण्डारीको अवस्था भने सामान्य रहेको प्रहरीले बताएको छ। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।