बिहीबार, साउन २१, २०८३

मजदुरलाई थाहा नभएको मजदुर दिवस

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडाैं- मे १, अन्तर्राष्ट्रिय मजदुर दिवस। उद्योग, कलकारखानमा काम गर्ने मजदुर एक दिन भए पनि आराममा बसे। सरकारी एवम् गैरसरकारी निकायका प्रतिष्ठानमा पनि सार्वजनिक बिदा भयाे। तर सवारीसधानमा काम गर्ने, सडकमा व्यापार गर्ने, जुत्ता सिउने श्रमिकलाई भने न मजदुर दिवसबारे थाहा छ न त बिदा नै पाए उनीहरूले।

यस्तै मजदुर हुन् सर्लाही कबिलासीका सोनेलाल। २७ वर्ष भयो सडक पेटीमा बसेर जुत्ता सिलाउन थालेको। उनी बानेश्वर चोकमा बस्छन्। उनले काम थाल्दा बाक्लो बस्ती थिएन। मानिस पनि कमै थिए। उनलाई अहिले भ्याइनभ्याइ छ। अचेल दैनिक बढीमा सात सय रुपैयाँसम्म कमाउँछन् उनी।

कोठामा साथीसँग मिलेर बस्छन्। भाडा पाँच हजार रुपैयाँ छ। दुवै जना एउटै काम गर्छन्। बिहान खाना खाएर निस्कने उनीहरू राति कोठामा गएर मात्र खान्छन्। भात पकाउन अल्छी लागेमा चियादुनोटले छाक टार्छन्।

कबिलासीमा बुहारी र श्रीमती बस्छन्। छोरा वैदेशिक रोजगारीमा छन्। उनको थोरै बारीबाहेक केही पनि छैन। बारीमा फलेको अन्नले घरपरिवारलाई खानलाउन पुग्दैन। काठमाडौं बसेर कमाएको पैसा उनी १० दिनमा एकचोटि पठाउँछन्।  छोराले कमाउन थालेपछि सुखका दिन आउला भन्ने आशा उनको छ।

आफूले गरिबीका कारण पढ्न नपाए पनि उनलाई नातानातिनी पढाउने मन छ। २७ वर्षदेखि गर्दै आएको काममा उनी एकदम खुसी छन्। उनलाई घरको गारो लगाउने काम पनि आउँछ तर त्यो काम गर्दा थकान बढी लाग्ने उनी बताउँछन्। मजदुर दिवस ? उनले भने, ‘सुनेको छु तर के हो थाहा छैन।’

खोटाङ हलेसीकी विष्णुमाया गिरी काठमाडौं आएको ७ वर्ष भयो। अरूको घरमा भाँडा माझ्ने, लुगा धुने, घर सफा गर्ने जस्ता काम गर्छिन् उनी। खाली समयमा मौसमअनुसार बजारमा जे पाइन्छ त्यही किनेर बेच्ने गर्छिन्। सबैतिरबाट उनले मासिनक १४ हजार रुपैयाँसम्म कमाउँछिन्।

उनीसँग नातिनी कविता छिन्। गाउँबाट छोराले काठमाडौंमा पढाउन पठाएका रे। छोराछोरीलाई पढाउन नपाए पनि नातिनीलाई पढाउने उनको इच्छा छ। उनले कमाएको पैसा दुई जनालाई ठिक्क हुन्छ।

७० वर्षीया विष्णुमाया श्रीमान्को मृत्यु भएपछि काठमाडौं  आएकी हुन्। गाउँ खासै आम्दनी हुदैन। उनी सानो हुँदा छोरीलाई पढाउने चलन नै थिएन। सानैदेखि दुःख गर्दै आएकी उनलाई बन्न त शिक्षक मन थियो। मजदुर दिवसका बारेमा थाहा छ भन्ने जिज्ञासामा उनले भनिन्, ‘बिहानबेलुका छाक टार्न कठिन छ नानी, के हो त्यो भनेको।’ 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।