बिहीबार, साउन २१, २०८३

स्वरोजगार कोषको १ करोड ३६ लाख रुपैयाँ जोखिममा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

वीरगंज- बेरोजगार यूवालाई आफ्नै सेवा व्यवसाय संचालन गर्न सहुलियत ब्याजदरमा उपलब्ध गराउन संचालित स्वरोजगार कोषको १ करोड ३६ लाख रुपैयाँ जोखिममा परेको छ । ४२ महिना भित्र कोषको रकम फिर्ता गर्नुपर्ने भएपनि स्थानीय तीनवटा सहकारी संस्थाले सहुलियत ब्याजदरको रकम लामो समयसम्म दुरुपयोग गरेका हुन् ।

२०६९ सालदेखि कोषले पर्सा जिल्लामा २४ वटा सहकारीमार्फत
४ सय २२ जना युवालाई विनाधितो २ लाख रुपैयाँ सम्म सहुलियत ब्याजदरमा ऋण लगानी गरेको छ । कुल६ करोड ३८ लाख रुपैयाँ  लगानी गरिएकोमा १ करोड ३६ लाख रुपैयाँ अझै सम्म पनि असुली गर्न बाँकी छ । 

भगवती बचत तथा ऋण सहकारी संस्था,उपकार बचत तथा ऋण सहकारी र चेतना बचत तथा ऋण सहकारी संस्थाले लामो समयसम्म पनि रकम फिर्ता नगरेपछि नियामक निकायले ढिलो गरी रकम असुल्न सकृयता देखाएको हो । ४२ महिनाभित्र भुक्तानी गर्ने शर्तमा स्वरोजगार कोषबाट २०६९ साल पुस २४ गते यी सहकारी संस्थाले कोषबाट ३५ देखि ५० लाख रुपैयाँ ऋण लिएका थिए ।
 
कोषका अनुसार उपकार बचतले  ५० लाख रुपैयाँ, चेतना बचतले ३५ लाख र भगवती बचते ४० लाख रुपैयाँ कोषबाट सहुलियत ब्याजदरमा कर्जा लिएका छन् । अहिले सावाँ ब्याजसहित भगवतीले ३९ लाख ७३ हजार रुपैयाँ, उपकारले ५६ लाख ४५ हजार रुपैयाँ र चेतनाले ४० लाख ३७ हजार रुपैयाँ कोषलाई फिर्ता गर्नुपर्ने छ।

कोषका असुली शाखा प्रमुख लोकबहादुर खड्का, बिमा शाखा प्रमुख सूर्यप्रकाश तिमल्सिनाको नेतृत्वमा आएको टोलीले ऋण असुली गर्न सहकारीका संचालकलाई भेटेर ताकेता गरेपछि यी सहकारी संचालकले 
मंगलबार कोषका प्रतिनिधिलाई बैंकको चेक उपलब्ध गराएका छन् । कोषको पर्सा जिल्ला सदस्य सचिव सुनील रौनियारले दुई दिनभित्र कोषको खातामा रकम जम्मा गरिदिने प्रतिबद्धता जनाएर सहकारी संचालकले चेक दिएको बताए । 

चेक दिएर प्रहरी हिरासतबाट उम्कन सफल भएपनि सहकारी संचालकले तत्काल यति ठूलो रकमको जोहो गर्न सहज नभएको जानकारहरु बताउँछन् ।

अधिकांश सहकारी संस्थाले नक्कली कागजपत्र र विवरण पेश गरेर सहुलियत ऋण दुरुपयोग गरेको विषयमा समेत कोषले अनुसन्धान गर्ने भएको छ । कोषका प्रतिनिधिका अनुसार बेरोजगारलाई ऋण सुविधा दिंदा महगो ब्याज असुलेको, बढी रकमको तमसुकमा हस्ताक्षर गराएर थोरै रकम मात्र ऋण उपलब्ध गराएको र नक्कली ऋणीको नाममा ऋण‌ झिकेर सहकारीको नियमित ऋण सरह लगानी गरेको उजुरी परेको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।