बिहीबार, साउन २१, २०८३

भ्रमण छोट्याएर फर्किइन राष्ट्रपति भण्डारी 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४


काठमाडौं- नौ दिने राजकीय भ्रमणमा चीन गएकी राष्ट्रपति विद्यादेवी भण्डारी भ्रमण छोट्याएर स्वदेश फर्किएकी छिन् । स्वास्थ्यमा समस्या देखापरेपछि उनी एक दिन अघि नै स्वदेश फर्किएकी हुन् । 

चीनको स्वशासित क्षेत्र तिब्बतको राजधानी ल्हासामा पुगेकी राष्ट्रपति भण्डारीलाई हाई अल्टिच्युडका कारण समस्या देखिएपछि एक दिन भ्रमण छोट्याएर बुधबार स्वदेश फर्केको राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले बताए। उनी बिहीबार स्वदेश फर्कने कार्यक्रम थियो।

राष्ट्रपति भण्डारीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रामबहादुर थापालगायतले स्वागत गरेका छन्। 

उनी वैशाख ११ गते चीन प्रस्थान गरेकी थिइन् । चीन भ्रमणका क्रममा उनले चिनियाँ समकक्षी सी चिनफिङबीच द्विपक्षीय वार्ता समेत गरेकी छिन् । 

द्विपक्षीय वार्तामा नेपालमा रेल, सुरुङमार्ग, अन्तरदेशीय विद्युत् प्रसारण लाइन लगायतका विषयमा छलफल भएको छ भने सातवटा समझदारी पत्रमा हस्ताक्षर भएको छ । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।