बिहीबार, साउन २१, २०८३
  • गृहपृष्ठ
  • समाज
  • लक्ष्मीदीप पेन्ट्समा लागेको आगो नौ घण्टा पछि नियन्त्रणमा

लक्ष्मीदीप पेन्ट्समा लागेको आगो नौ घण्टा पछि नियन्त्रणमा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

वीरगंज- श्रीपुर नेशनल ट्रेडिङ्ग गोदाम नजिकै रहेको लक्ष्मीदीप पेन्ट्स उद्योगको गोदाममा मंगलबार साँझ भएको भीषण आगलागी नौ घण्टा पछि नियन्त्रणमा आएको छ।

व्यवसायी अजय साहको लक्ष्मीदीप पेन्ट तथा केमिकल उद्योगको गोदाममा मंगलबार साँझ ६ बजेदेखि शुरु भएको  आगलागी अग्नी नियन्त्रक, नेपाल प्रहरी, सशस्त्र प्रहरी,  नेपाली सेना र स्थानीयबासिन्दाको सहयोगमा नियन्त्रणमा लिइएको हो ।

विद्युत सर्ट सर्किट भई गोदाममा आगो लागेको हुनसक्ने अनुमान गरिएको भएपनि यकीन हुन बाँकी छ । आगो नियन्त्रणमा लिनको लागी सुरक्षाकर्मीसँगै  वीरगंज महानगरपालिका, पोखरीया नगरपालिका, बाराको जितपुर सिमरा उपमहानगरपालिका, कलैया, सिम्रौनगढ नगरपालिका, सिमरा विमान स्थल, अमलेखगन्ज स्थित नेपाल आयल निगम क्षेत्रीय कार्यालयको वारुणयन्त्र तथा केमिकल युक्त वारुण यन्त्र र भारत विहारको रक्सौलबाट आएको वारुणयन्त्रको प्रयोग गर्नुपरेको थियो ।

बाक्लो मानव बस्तीको बीचमा गोदाममा आगो लागेपछि अन्यत्र आगो फैलिएर मानवीय क्षति हुन सक्ने भयले स्थानीय त्रसित रहेका थिए । अधिकांशको रात अनिंदो बितेको थियो ।

पानीको सहायताले नियन्त्रणमा लिने प्रयास असफल भएपछि अन्यत्र समेत आगो सल्किन सक्ने जोखिमको कारण आसपासको घर र कार्यालयबाट सर्वसाधारणलाई हटाइएको थियो ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।