बिहीबार, साउन २१, २०८३

सम्पूर्ण अपडेट- आज के-के भयो ?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- आज बैशाख १७ गते मंगलबार कहाँ के-के भयो? अब थाहा पाउनुहोस्, नेपाल समय दिनभरी।

जापानी राजाद्वारा गद्दीत्याग, ‘हेइसी’ युगको अन्त्य

जापानी राजा आकिहितोले मङ्गलबार जापानको राजगद्दी त्यागेका छन्। यसको साथै हाल जापानमा चलिरहेको ‘हेइसी’युगको अन्त्य भएको घोषणा गरिएको छ। 

७३ लाख भन्दा बढीको लागू औषधसहित ६ जना पक्राउ

महानगरीय प्रहरी कार्यालय रानिपोखरीको टोलीले ठूलो मात्रामा लागू औषधसहित ६ जनालाई पक्राउ गरेको छ। प्रहरीले सोमबार काठमाडौं छाउनीमा रहेको द फुड हेवन रेस्टुरेन्टबाट ७३ लाख ४९ हजार रुपैयाँ बराबरको लागूऔषधसहित ६ जनालाई पक्राउ गरेको हो।

वीरगंजको केमिकल गोदाममा भीषण आगलागी

महानगरको ओम आश्रमस्थित पेन्टस् गोदाममा मंगलबार साँझ भीषण आगलागी भएको छ।

कांग्रेसको आरोप : सरकार दोषीलाई उम्‍काउन खोज्दैछ

नेपाली कांग्रेसले  बालुवाटार जग्गा प्रकरणका प्रभावकारी छानविनको माग गर्दै दोषी माथि कडा कारबाही गर्न माग गरेको छ। बालुवाटार जग्गा प्रकरणमा सभापति शेरबहादुर देउवाको नाम मुछिएपछि मंगलबार कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्ति जारी गर्दै बालुवाटार जग्गा प्रकरणमा गहिरो र गम्भीर छानबिन गरेर दोषीमाथि कारबाहीको माग गरेका हुन्। 

सिडिओलाई महासंघको प्रश्न – ममताको अपहरणकारी खै ?

पत्रकार बिन्दुकुमार चौहानकी छोरी ममता चौहानको अपहरण गर्ने व्यक्ति खै भन्दै नेपाल पत्रकार महासंघको नेतृत्वमा रुपन्देहीका पत्रकारहरु मंगलबार जिल्ला प्रशासन कार्यलयमा पुगेका छन्।

क्षतिपूर्ति दिने र चालकलाई कारवाहि गर्ने सहमतिमा चक्काजाम खुल्यो

दोषीलाई कानुन बमोजिम कारवाही र मृतकका परिवारलाई उचित क्षतिपूर्ती दिने सहमति पछि पूर्वपश्चिम राजमार्ग सुचारु भएको छ। कैलालीको लम्कीमा ट्रकले ठक्कर दिँदा ज्यान गुमाएकी १९ वर्षीया सुनिता रावल भण्डारीका परिवारलाई उचित क्षतीपूर्ती र चालकलाई कारवाही गर्ने सहमती पछि स्थानीयले प्रर्दशनका कार्यक्रम फिर्ता लिएको प्रहरीले जनाएको छ।

नागरिकतामा व्यक्ति भन्दा देश माथि राखौँ : साझा विवेकशील

साझा विवेकशील पार्टीले नागरिकता सम्बन्धी बहसमा आफ्नो ९ बुँदै धारणा सार्वजनिक गरेको छ। नागरिकताको विषयलाई व्यक्तिभन्दा माथि राखेर देशको बृहत्तर हितका पक्षमा हेरिनुपर्ने साझा विवेकशीलको धारणा छ। 

राजाको शासनकालमा पौडेलले बालुवाटार किनेको प्रधानमन्त्रीको खुलासा  

 प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटार जग्गा प्रकरणमा मुछिएका नेकपा महासचिव विष्णु पौडेलले सो जग्गा राजाका पालामा किनेको खुलासा गरेका छन्।

प्रदेश सरकार ढालेर देखाउन प्रचण्डलाई राउतको चुनौती

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले बहुमत पुर्‍याएर सरकार बनाउन नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दहाल ‘प्रचण्ड’ लाई चुनौती दिएका छन्। नेकपा अध्यक्ष प्रचण्डले प्रदेश २ मा कम्युनिस्ट नेतृत्वको सरकार बनाउने बेला अएको भन्दै दिएको अभिव्यक्तिप्रति टिप्पणी गर्दै प्रदेश २ का मुख्यमन्त्री राउतले यस्तो बताएका हुन्। 

सरकारको विरोधमा विद्यार्थी सडकमा

११ विद्यार्थी संगठनले देशमा व्याप्त भ्रष्टाचारविरुद्ध प्रदर्शन गरेका छन्। पछिल्लो समय सरकार नै भ्रष्टाचारमा लागेको आरोप लगाउँदै विद्यार्थी संगठनहरु आन्दोलित बनेका हुन्। 

सामाजिक काममा साझेदारी गर्न सेना तयार

नेपाली सेनाका सहायक रथी लवकुमार रायमाझीले जनतासँग मिलेर सामाजिक, सामुदायिक र विकासका काममा सहयोग पु¥याउन  सेना सधैँ तयार रहेको बताएका छन्। गजुरी गाउँपालिका– १ त्रिशूली नदी किनारस्थित  रुद्रेश्वर मन्दिरसँगै  नेपाली सेनाको देवीदत्त गणद्वारा निर्मित सुविधासम्पन्न शौचालय  सोमबार हस्तान्तरण गर्दै बैरेनीस्थित श्री नं ६ बाहिनी अड्डाका प्रमुखसमेत रहेका उनले यस प्राचीन तथा ऐतिहासिकस्थल व्यवस्थित गर्न सेनाले शौचालय निर्माण गरी समुदायलाई हस्तान्तरण गरेको बताए। 

जापान सम्राट आकिहितो किन राजगद्दी त्याग्दैछन्?

जापानका सम्राट आकिहितोले मङ्गलवार गद्दीत्याग गर्दैछन्। टोक्योस्थित राजभवनमा गद्दीत्यागको विधि परम्परागत रूपमा मङ्गलवार बिहान सुरु भयो।

रोकिएन महिला हिंसा, धनुषामा बालिका बलात्कृत

बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले धनुषाबाट एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–५ महेन्द्रनगर बस्ने ३३ वर्षीय राजकुमार साह छन्।

ट्रकले युवती किचेपछि कैलाली तनावग्रस्त, प्रहरीमाथि ढुंगामुढा

कैलालीको लम्कीमा ट्रकको ठक्करबाट एक युवतीको मृत्यु भएपछि स्थिति तनावग्रस्त बनेको छ।युवतीको मृत्युपछि आक्रोशित भएका स्थानीयले दोषीलाई कारवाही र मृतकका परिवारलाई क्षतीपूर्ती माग गर्दै राजमार्ग अवरुद्ध पारेपछि स्थिती तनावग्रस्त भएको हो।

प्रदेश २ सरकार ढाल्ने प्रचण्डको संकेत

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दहाल प्रचण्ड प्रदेश २ सरकरको कामकारबाहीप्रति आक्रमक रुपमा प्रस्तुत भएका छन् । प्रदेश २ सरकारले जनताको चाहनाअनुसार काम गर्न नसकेको भन्दै नेकपाको नेतृत्वमा सरकार बत्र सक्ने बताएका छन् ।

विप्लव समूहका जिल्ला इन्चार्जसहित दश जना पक्राउ

नेत्रविक्रम चन्द विप्लव समूहका बाजुरा इन्चार्ज भुपेन्द्र विकसहित दश जना कार्यकर्ता पक्राउ परेका छन् । बुढीगंगा नगरपालिकाको अमकोटबाट प्रहरीले मंगलबार बिहान पक्राउ गरेको हो । 

उपाध्यक्षलाई हराउँदै 'अर्थमन्‍त्री' बने फोरमका प्रदेश अध्यक्ष

पार्टी उपाध्यक्ष रेणु यादवलाई पराजित गर्दै विजय यादव संघीय समाजवादी फोरम नेपालका प्रदेश २ अध्यक्षमा निर्वाचित भएका छन् । 

सिटिइभिटि गिरोहको धम्की : रेप केस त मिलाएँ,जे गर्न सक्छेस् गर !

सुनसरीकी कमला अधिकारी (नाम परिवर्तन) सिटिइभिटिको मेडिकल विद्यार्थी हुन । विद्यार्थी हुँदा उनलाइ पसल रोकाया नामका युवकले फेसबुक साथी प्रस्ताव पठाए । अधिकारीले स्वीकार गरिनन् । रोकायाले 'आफू सिटिइभिटिसँग जोडिएको मान्छे' भनेपछि भने अधिकारीले स्विकार गरिन । 

माछा मार्न गएका महतोको गैँडाको आक्रमणमा मृत्यु

गैँडाले आक्रमण गर्दा भरतपुरमा एक जनाको मृत्यु भएको छ। 

२१ गतेबाट हावाहुरी पीडितका ४५३ घर सेनाले बनाउने 

पर्सा र बारा जिल्लामा हावाहुरीका कारण पूर्णरुपमा क्षति भएको एक हजार ४५३ वटा घर नेपाली सेनाले पुनर्निर्माण गर्ने भएको छ ।

अब खुला विश्वविद्यालयमा पत्रकारिताको पढाइ

नेपाल खुला विश्वविद्यालय र नेपाल प्रेस इन्स्टिच्यूटबीच आमसञ्चार अध्ययनअन्तर्गत शैक्षिक कार्यक्रम सञ्चालन गर्ने सहमति भएको छ । 

फनपार्क र टुकुचाको तरकारी बजार हटाउन सरकारको निर्देशन 

समाज कल्याण परिषद्ले हरित कृषि सहकारी संस्था लिमिटेडसँग काठमाडौँको प्रदर्शनीमार्गमा रहेको फनपार्क र टुकुचा तरकारी बजारसँगको जग्गा भाडा सम्झौता रद्द गरेको छ । 

आशुसेनको ‘ओके छ त’ सार्वजनिक

‘नानीको कहाँ पर्यो घर, नाम के हो के पर्यो है थर’ गितको सफलता पश्चात गायक आशुसेन लामाको नयाँ गीत सार्वजनिक भएको छ। गायक लामाकै शब्द संगीतमा ‘ओके छ त नी’ बोलको गीत सार्वजनिक गरिएको हो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।