बिहीबार, साउन २१, २०८३

७३ लाख भन्दा बढीको लागू औषधसहित ६ जना पक्राउ

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं – महानगरीय प्रहरी कार्यालय रानिपोखरीको टोलीले ठूलो मात्रामा लागू औषधसहित ६ जनालाई पक्राउ गरेको छ। प्रहरीले सोमबार काठमाडौं छाउनीमा रहेको द फुड हेवन रेस्टुरेन्टबाट ७३ लाख ४९ हजार रुपैयाँ बराबरको लागूऔषधसहित ६ जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा काठमाडौं बालुवाटारका सरोज सिलवाल, कालिमाटीका अनिल भुजेल र नवीन मानन्धर, थापाथलीका दीपेन्द्र श्रेष्ठ, थापाथलीका दिपेन्द्र श्रेष्ठ, सिनामंगलका रञ्जित तिवारी र काभ्रेका सुजन तामाङ रहेका छन्।

प्रहरीका अनुसार उनीहरुको साथबाट लागू औषध आइस ड्रग्स भनिने मेथाफेटामाइन ७ सय ४४ ग्राम, बा ९१ प १९६७ नम्बरको स्कुटर, १ लाख ७६ हजार रुपैयाँ, ड्रग्स प्रयोग गर्न चाहिने पाइप ४५ वटा, डिजिटल तराजु बरामद भएको एसएसपी श्यामलाल ज्ञवालीले जानकारी दिए। बरामद लागू औषधको मूल्य ७३ लाख ४९ हजार रहेको प्रहरीले जनाएको छ। उनीहरुलाई पक्राउ गरेर थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।