वीरगंज – महानगरको ओम आश्रमस्थित पेन्टस् गोदाममा मंगलबार साँझ भीषण आगलागी भएको छ।
नेशनल ट्रेडिङको क्षेत्रिय गोदामको पश्चिम तर्फ सडक पारी ओम आश्रम प्रवेश गर्ने मुख्य सडक छेउमै रहेको व्यवसायी अजय साहको पेन्टस् गोदाममा आगलागी भएको हो।
गोदाम घना आवासिय क्षेत्रमा रहेकोले आगलागी अन्यत्र फैलिन नदिन सुरक्षाकर्मीले प्रयास जारी राखेका छन्। गोदामको मुख्य प्रवेशद्वारमा ताल्चा बन्द रहेको अवस्थामा आगलागी भएकोले गोदाम भित्र कोही रहे नरहेको यकीन हुन सकेको छैन।
आगलागी नियन्त्रणमा लिन नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नगर प्रहरीको टोली संयुक्त रुपमा खटिएका छन्।
आगलागी नियन्त्रणमा लिनको लागी वीरगंज महानगरपालिका, कलैया नगरपालिका र पोखरिया नगरपालिकाको दमकलको सहयोग लिइएको छ।
गोदाममा ठूलो परिमाणमा पेन्टस् र केमिकल भण्डारण गरिएकोले आगलागी फैलिन सक्ने जोखिम रहेको भन्दै सुरक्षाकर्मीले त्यहाँ रहेका सर्वसाधारणलाई सुरक्षित स्थानमा पठाएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४