बिहीबार, साउन २१, २०८३

कांग्रेसको आरोप : सरकार दोषीलाई उम्‍काउन खोज्दैछ

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं – नेपाली कांग्रेसले  बालुवाटार जग्गा प्रकरणका प्रभावकारी छानविनको माग गर्दै दोषी माथि कडा कारबाही गर्न माग गरेको छ। बालुवाटार जग्गा प्रकरणमा सभापति शेरबहादुर देउवाको नाम मुछिएपछि मंगलबार कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्ति जारी गर्दै बालुवाटार जग्गा प्रकरणमा गहिरो र गम्भीर छानबिन गरेर दोषीमाथि कारबाहीको माग गरेका हुन्। 

‘वैशाख १६ गते प्रतिनिधिसभाको बैठकमा स्वयं सभापति शेरबहादुर देउवाले बालुवाटार प्रकरणबारे पार्टीका तर्फबाट कडा अभिमत व्यक्त गरिसक्नु सकेकाले कांग्रेस सो प्रकरणको गहिरो छानबिन गरेर दोषीलाई दण्डित गरिनुपर्ने विषयमा एकमतका साथ प्रष्ट रहेको धारणा दोहोर्‍याउन चाहन्छ,’ विज्ञप्तिमा भनिएको छ। 

‘बालुवाटारको जग्गा को व्यक्तिका नाममा, कसरी पुग्यो,  त्यसमा को संलग्न थिए र छन् भन्ने विवरण यसविचमा तथ्य प्रमाणका साथ सार्वजनिक भैसकेको छ’, विज्ञप्तिमा भनिएको छ, ‘दोषीलाई जोगाउने ढंगले, बिषयलाई ढाकछोप गर्ने, मोड्ने र विषयान्तर गर्ने ढंगले गरिने कर्म र प्रचारहरुप्रति सजगताका लागि नेपाली कांग्रेस सबैमा अपिल गर्दछ।’


कांग्रेसले जारी गरेको विज्ञप्तिको पूर्ण पाठ 

१. बालुवाटारको सरकारी जग्गा व्यक्तिका नाममा दर्ता भएको गम्भीर विषयप्रति नेपाली कांग्रेसले सार्वजनिक रुपमा आपक्ति व्यक्त गर्दै आएको तथ्य सर्व्विदितै छ। वैशाख २५ मा शुरु हुने ‘राष्ट्रिय जागरण अभियान’ मा यस्ता सबै खाले विसंगतिका विरुद्ध राष्ट्रव्यापी रुपमा आवाज घनिभूत तुल्याइँदैछ। 

२. वैशाख १६ गते प्रतिनिधिसभाको बैठकमा स्वयं सभापति शेरबहादुर देउवाले बालुवाटार प्रकरणबारे पार्टीका तर्फबाट कडा अभिमत व्यक्त गरिसक्नु भएको छ। नेपाली कांग्रेस सो प्रकरणको गहिरो छानबिन गरेर दोषीलाई दण्डित गरिनुपर्ने विषयमा एकमतका साथ प्रष्ट रहेको धारणा दोहोर्‍याउन चाहन्छ। 

३. बालुवाटारको जग्गा को व्यक्तिका नाममा, कसरी पुग्यो,  त्यसमा को संलग्न थिए र छन् भन्ने विवरण यसविचमा तथ्य प्रमाणका साथ सार्वजनिक भैसकेको छ।  दोषीलाई जोगाउने ढंगले, बिषयलाई ढाकछोप गर्ने, मोड्ने र विषयान्तर गर्ने ढंगले गरिने कर्म र प्रचारहरुप्रति सजगताका लागि नेपाली कांग्रेस सबैमा अपिल गर्दछ।

४. तथ्यको जगमा सत्यको खोजी र दोषीमाथि कार्वाहीका लागि आम नागरिकको सजगता, संचार माध्यमहरुको निष्पक्ष प्रखरता, अनुसन्धानकर्मिहरुको इमानदारीतासंगै प्रतिपक्षको दबाब र  सरकारको ईमान्दार विवेक यतिबेला परिक्षाको कसिमा छ। नेपाली कांग्रेस बालुवाटार जग्गा प्रकरणमा गहिरो र गम्भीर छानबिनका साथ कुनैपनि मोलाहिजा वेगर दोषीमाथि कार्वाहीको माग पुन दोहोर्‍याउन चाहन्छ।

जय नेपाल !
विश्वप्रकाश शर्मा 
प्रवक्ता

प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।