धनगढी – दोषीलाई कानुन बमोजिम कारवाही र मृतकका परिवारलाई उचित क्षतिपूर्ती दिने सहमति पछि पूर्वपश्चिम राजमार्ग सुचारु भएको छ। कैलालीको लम्कीमा ट्रकले ठक्कर दिँदा ज्यान गुमाएकी १९ वर्षीया सुनिता रावल भण्डारीका परिवारलाई उचित क्षतीपूर्ती र चालकलाई कारवाही गर्ने सहमती पछि स्थानीयले प्रर्दशनका कार्यक्रम फिर्ता लिएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरिक्षक दक्ष बहादुर बस्नेतले उक्त सहमतीपछि राजमार्ग सुचारु भएको जानकारी दिए। राजमार्ग सुचारु भएसँगै सडकमा रोकिएका सवारीसाधन गन्तव्यतर्फ लागेको छन्। यसअघि स्थानीयले ट्रकको ठक्करबाट युवतीको ज्यान गएपछि लम्की बजारमा प्रर्दशन गर्दैै सडक अवरुद्ध पारेका थिए।
गोली लाग्दा लम्की बहुमुखी क्याम्पसका प्राध्यापक प्रेम मुडभरीको टाउकोमा चोट लागेको छ भने स्थानीयको ढुंगा प्रहारबाट घाइते भएका ७ जना प्रहरीको लम्कीस्थित लालरत्न अस्पतालमा उपचार भइरहेको छ। बाँकी घाइते उपचारपछि फर्केको प्रहरीले जनाएको छ । सर्वपक्षीय बैठक पछि ठप्प रहेको सडक ४ बजेदेखि खुलेको हो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४