बिहीबार, साउन २१, २०८३

प्रदेश सरकार ढालेर देखाउन प्रचण्डलाई राउतको चुनौती

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

जनकपुरधाम – प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले बहुमत पुर्‍याएर सरकार बनाउन नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दहाल ‘प्रचण्ड’ लाई चुनौती दिएका छन्। नेकपा अध्यक्ष प्रचण्डले प्रदेश २ मा कम्युनिस्ट नेतृत्वको सरकार बनाउने बेला अएको भन्दै दिएको अभिव्यक्तिप्रति टिप्पणी गर्दै प्रदेश २ का मुख्यमन्त्री राउतले यस्तो बताएका हुन्। 

प्रचण्डले मंगलबार आफ्नै निवासमा आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा प्रदेश सरकारले जनताको चाहनाअनुसार काम गर्न नसकेको भन्दै सरकार परिवर्तन गर्ने संकेत गरेका थिए।

तर, मुख्यमन्त्री राउतले भने नेकपा अध्यक्ष प्रचण्डको धम्कीबाट आफू नडराउने बताएका छन्। ‘हामी त्यस्ता धम्कीबाट डराउने पक्षमा छैनौं,’ नेपाल समयसँग कुरा गर्दै राउतले भने, ‘बहुमत पुगे सरकार बनाए हुन्छ, सरकार बनाउन उहाँलाई कसले रोकेको छ र?’ नेकपा अध्यक्ष प्रचण्डको यस्ता भनाइले आफूलाई केहि फरक नपर्ने दाबी गर्दै राउतले आफ्नो अभियान चलिरहेको बताए।

प्रदेश सरकार भ्रष्टाचारमा लिप्त रहेको प्रचण्डको आरोपप्रति ‘संघीय सरकारमा भइरहेको भ्रष्टाचार बारे जगजाहेर छ, प्रचण्डजीलाई यसबारे थाह छ कि छैन्?’ राउतले प्रश्न गरे। प्रदेश सरकारले गरेको भ्रष्टाचार पुष्टि गर्न राउतले नेकपा अध्यक्ष प्रचण्डलाई चुनौती दिएका छन्।

‘प्रदेश सरकारले कहाँ कति भ्रष्टाचार गरेको छ प्रचण्डजीले देखाइदिनु पर्‍यो,’ राउतले भने। ‘कर्मचारी नै नरहेको मुख्यमन्त्री कार्यालयमा कसरी भ्रष्टाचार भयो?’ प्रश्न गर्दै राउतले भने, ‘मिडियाले लेख्दैमा भ्रष्टाचार भएको भन्न सकिदैन। भ्रष्टाचार जाँच गर्ने ‘मेसिनरी’ छँदैछ आएर छानविन गरे हुन्छ।’
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।