बिहीबार, साउन २१, २०८३

सरकारको विरोधमा विद्यार्थी सडकमा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं – ११ विद्यार्थी संगठनले देशमा व्याप्त भ्रष्टाचारविरुद्ध प्रदर्शन गरेका छन्। पछिल्लो समय सरकार नै भ्रष्टाचारमा लागेको आरोप लगाउँदै विद्यार्थी संगठनहरु आन्दोलित बनेका हुन्। 

देशमा अराजकता र भ्रष्टाचार बढीरहेको भन्दै सरकारलाई खवरदारी गराउनका आन्दोलन गर्नुपरेको विद्यार्थी नेताहरुले जनाएका छन्। एनसेलबाट कर असुल्न नसक्नु, खुल्लामञ्च अतिक्रमण हुनु, बालुवाटारलगाएतका सरकारी जग्गा अतिक्रमण हुनु र यी सबै घटनामा सरकार निरिह देखिनुले जनतामा सरकारप्रति चरम निराशा छाएको विद्यार्थीहरु आन्दोलनमा उत्रिनु परेको नेपाल विद्यार्थी संघका नेता मोती भण्डारीले बताए। उनले विद्यार्थीसँग कलेजहरुले लिइरहेको चर्को शुल्क फिर्ता गर्नुपर्ने समेत आफूहरुको माग गरेको बताए। 

माइतीघरबाट सुरु भएको र्‍याली बानेश्वर पुगेर कोणसभामा परिणत भएको थियो। कोणसभालाई विभिन्न संगठनका विद्यार्थी नेताहरुले सम्बोधन गर्दै सरकारलाई सच्चि आग्रह गरेका थिए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।