बिहीबार, साउन २१, २०८३

सामाजिक काममा साझेदारी गर्न सेना तयार

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

धादिङ – नेपाली सेनाका सहायक रथी लवकुमार रायमाझीले जनतासँग मिलेर सामाजिक, सामुदायिक र विकासका काममा सहयोग पु¥याउन  सेना सधैँ तयार रहेको बताएका छन्। गजुरी गाउँपालिका– १ त्रिशूली नदी किनारस्थित  रुद्रेश्वर मन्दिरसँगै  नेपाली सेनाको देवीदत्त गणद्वारा निर्मित सुविधासम्पन्न शौचालय  सोमबार हस्तान्तरण गर्दै बैरेनीस्थित श्री नं ६ बाहिनी अड्डाका प्रमुखसमेत रहेका उनले यस प्राचीन तथा ऐतिहासिकस्थल व्यवस्थित गर्न सेनाले शौचालय निर्माण गरी समुदायलाई हस्तान्तरण गरेको बताए। 
    
 ‘क्विक इम्प्याक्ट प्रोजेक्ट’ अन्तर्गत यस प्राचीन मन्दिरको मौलिकता जोगाउन र संरक्षणका लागि सेनाले सहयोग गर्दै आएको गजुरीस्थित देवीदत्तगणका प्रमुख सेनानी सुदिप बानियाँले उल्लेख गरे।
 
गजुरी गाउँपालिकाका प्रमुख राजेन्द्रविक्रम बस्नेतले गाउँपालिका र नेपाली सेनाले बजार सरसफाइलगायत कार्यमा साझेदारी गर्दै आएकामा आगामी दिन पनि यस्ता कार्यलाई  निरन्तरता दिन आग्रह गरे। रासस
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।