बिहीबार, साउन २१, २०८३

विप्लव समूहका जिल्ला इन्चार्जसहित दश जना पक्राउ

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

बाजुरा- नेत्रविक्रम चन्द विप्लव समूहका बाजुरा इन्चार्ज भुपेन्द्र विकसहित दश जना कार्यकर्ता पक्राउ परेका छन् । बुढीगंगा नगरपालिकाको अमकोटबाट प्रहरीले मंगलबार बिहान पक्राउ गरेको हो । 

पक्राउ परेकाहरुमाथि प्रहरीले अनुसन्धान सुरु गरेको छ। सरकारले गरेको सर्कुलरअनुसार विप्लवका कार्यकर्तालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

यसअघि कैलालीमा १३ जना कार्यकर्तालाई प्रहरीले पक्राउ गरेर अनुसन्धान गरिरहेको जनाएको छ । 

कैलाली प्रहरीले पक्राउ गरेकाहरुमा सेती महाकाली सदस्य डबल शाह, रुपेश देवकर, जगत आउजी, धुव्र सञ्ज्याल, उदयराम थापा, उदयराम थापा, सीता उदेकर, इन्द्रबहादुर बम, कृष्णबहादुर शाही, बन्धुकुमारी चन्द, बलबहादुर विसी, पुष्पराज न्यौपाने र दानबहादुर फडेरा रहेको कैलालीका प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतले बताए ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।