बिहीबार, साउन २१, २०८३
  • गृहपृष्ठ
  • समाज
  • उपाध्यक्षलाई हराउँदै 'अर्थमन्‍त्री' बने फोरमका प्रदेश अध्यक्ष

उपाध्यक्षलाई हराउँदै 'अर्थमन्‍त्री' बने फोरमका प्रदेश अध्यक्ष

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

जनकपुरधाम- पार्टी उपाध्यक्ष रेणु यादवलाई पराजित गर्दै विजय यादव संघीय समाजवादी फोरम नेपालका प्रदेश २ अध्यक्षमा निर्वाचित भएका छन् । 

पार्टीको पहिलो प्रदेश अधिवेशनअन्तर्गत सोमबार अबेर राति सम्पन्न मतगणनाअनुसार विजयले पार्टी उपाध्यक्ष रेणुलाई ३७ मतको अन्तरले पराजित गरेका हुन् । प्रदेश अध्यक्षमा निर्वाचित विजयले १८४ मत प्राप्त गरेका छन् भने रेणुको १४७ मत रहेको बताइएको छ ।

रेणु पार्टीको केन्द्रीय उपाध्यक्ष छिन् भने विजय पार्टीको कोषाध्यक्ष एवं प्रदेश २ सरकारमा आर्थिक मामिला मन्त्री छन् । प्रदेश अध्यक्षमा निर्वाचित विजय पार्टी अध्यक्ष उपेन्द्र यादव निकट मानिन्छन् ।

सिरहाको लहानमा विगत तीन दिनदेखि जारी अधिवेशनमार्फत फोरमको प्रदेश अध्यक्ष बन्न तीनजनाले उम्मेदवारी दिएका थिए । अध्यक्ष पदका लागि विजय र रेणु र सर्लाहीका अशोक यादवले उम्मेदवारी दिएका थिए ।

अध्यक्षमा तीन जनाको उम्मेदवारी दर्ता भएपछि शीर्ष नेतृत्वले सहमतिको प्रयास गरेपनि सफल नभएपछि अन्ततः निर्वाचन प्रक्रियामा जानु परेको थियो ।

प्रत्येक २ हजार ३ सय क्रियाशील सदस्यमा एकजना प्रदेश सदस्य निर्वाचित हुनुपर्ने प्रवाधानअनुसार फोरमको प्रदेश अधिवेशनले पर्साबाट ६, बाराबाट ३, धनुषाबाट ४, रौतहटबाट १, सर्लाहीबाट १, महोत्तरीबाट ४, सिरहाबाट ५ र सप्तरीबाट ६ जना प्रदेश सदस्यमा निर्वाचित भएको छन् ।

यसैगरी दलितबाट तीन,महिलातर्फ १२, मुस्लिमतर्फ ३, आदिवासी जनजाति १ जना प्रदेश सदस्यमा निर्वाचित भएका छन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।