चितवन- गैँडाले आक्रमण गर्दा भरतपुरमा एक जनाको मृत्यु भएको छ।
भरतपुर महानगरपालिका २८ भंगाहाका ४६ वर्षीय खगेन्द्रकुमार महतोको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। स्थानीय खोलामा माछा मारेर फर्किने क्रममा महतोलाई साेमबार राति ९ बजे गैँडाले आक्रमण गरेको थियो।
गम्भीर घाइते उनको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मंगलबार बिहान साढे ३ बजे मृत्यु भएको प्रहरीले जनाएको छ। महतोको शव भरतपुर अस्पतालको शवगृहमा राखिएको जनाइएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४