बिहीबार, साउन २१, २०८३

२१ गतेबाट हावाहुरी पीडितका ४५३ घर सेनाले बनाउने 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

सिमरा- पर्सा र बारा जिल्लामा हावाहुरीका कारण पूर्णरुपमा क्षति भएको एक हजार ४५३ वटा घर नेपाली सेनाले पुनर्निर्माण गर्ने भएको छ ।

गत चैत १७ गते साँझ आएको हावाहुरीका कारण बारा जिल्लाको उपमहानगरपालिका, नगरपालिका तथा गाउँपालिका गरी आठ वटा इलाकामा ठूलो सङ्ख्यामा मानवीय तथा जनधनको क्षति गरेको थियो ।
    
हावाहुरीका कारण जिल्लाको ठेटा, तेलकुवा, त्रसैनी, भलुवाही, हार्दिया, पशुरामपुर, धर्मनगरलगायत ठाउँमा घरहरु भत्कँदा २९ जनाको मृत्यु हुनाका साथै ६०० भन्दा बढी घाइतेको थियो । 

हावाहुरी प्रभावित क्षेत्रको निरीक्षण गर्न सोमबार प्रभावित स्थल पुगेका उपप्रधान एवम् रक्षामन्त्री ईश्वर पोखरेलले आगामी साउनभित्र निर्माण सम्पन्न गर्ने गरी नेपाली सेनाले जिम्मेवारी पाएको र त्यसमा जनप्रतिनिधि, स्थानीय सङ्घसंस्था तथा व्यक्तिहरुबाट आवश्यक सहयोग हुने विश्वास व्यक्त गरे ।

एक हजार ४५३ वटा घर निर्माणका लागि सरकारले रु ८४ करोड ६८ लाख ७६ हजार १४० विनियोजन गरिएको उनले जानकारी दिए ।  छिटोभन्दा छिटो निर्माण सम्पन्न गर्नका लागि सबैको सहयोग रहने विश्वास व्यक्त गर्दै मन्त्री पोखरेलले समयमा निर्माण सम्पन्न गरेर सम्बन्धित व्यक्तिलाई हस्तान्तरण गरिनेसमेत जानकारी दिए ।

नेपाली सेनाका ७५० भन्दा बढी इञ्जिनीयर, प्राविधिकले यही वैशाख २१ गतेबाट औपचारिक रुपमा काम थालिने जानकारी दिँदै मन्त्री पोखरेलले जहाँ जस्तो अवस्थामा पनि तत्काल जनतालाई राहत दिने हिसाबले निर्माण कार्य हुने बताए ।  

निरीक्षणका क्रममा सहभागी प्रधानसेनापति पूर्णचन्द्र थापाले यहाँ बनाइने घरको डिजाइन मन्त्रिपरिषद्बाट स्वीकृत भइसकेको बताउँदै एउटा घरमा दुई वटा बस्ने कोठा, एक भान्छा कोठा र एक शौचालय रहने जानकारी दिए । उनले यहाँको वातावरणअनुसार ती घरहरुको निर्माण हुने विश्वास व्यक्त गर्दै आफूहरुले पाएको गहन जिम्मेवारी सफलतापूर्व निर्वाह गर्ने बताए ।  

पुनर्निर्माण कार्यका लागि विभिन्न १२ ठाउँबाट १२ समूह बनाई काम थालिने र त्यसमा दुई हजार ६०० भन्दा बढी नेपाली सेना संलग्न भएर काम सम्पन्न गर्ने लक्ष्य रहेको पनि उनले जानकारी दिए । आचारसंहितसमेत बनाएर पुनर्निर्माण कार्य गर्ने लक्ष्यका साथ नेपाली सेना अगाडि बढेको र आर्थिक नियमअनुसार सामान खरीद गरी समयमै निर्माण सम्पन्न उनले बताए । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।