बिहीबार, साउन २१, २०८३

अब खुला विश्वविद्यालयमा पत्रकारिताको पढाइ

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

ललितपुर- नेपाल खुला विश्वविद्यालय र नेपाल प्रेस इन्स्टिच्यूटबीच आमसञ्चार अध्ययनअन्तर्गत शैक्षिक कार्यक्रम सञ्चालन गर्ने सहमति भएको छ । 

उक्त सहमतिपत्रमा हस्ताक्षर गर्दै विश्वविद्यालयका उपकुलपति लेखनाथ शर्मा र इन्स्च्यिूटका अध्यक्ष नीलकण्ठ उप्रेतीले आगामी असोजभित्रमा स्नातक पहिलो सेमेष्टरको कक्षा सञ्चालन हुने बताए । 

दुवै संस्थाले सोमबार जावलाखेलस्थित स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानमा संयुक्तरुपमा पत्रकार सम्मेलन आयोजना गर्दै आगामी वर्षमा स्नातकोत्तर, एमफिल हुँदै पिएचडीसम्मको कक्षा सञ्चालन हुने बताएका छन् । 

विश्वविद्यालयका उपकुलपति शर्माले नेपाल खुला विश्वविद्यालयमा रहेको शैक्षिक विज्ञता र इन्स्च्यिूटमा रहेको व्यावहारिक ज्ञानको समायोजन गर्नका लागि सहमति गरिएको जानकारी दिए । यस विधामा दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्य रहेको उनको भनाइ छ । कलेजका प्रत्यक्ष कक्षामा सहभागी हुन नसक्ने विद्यार्थीका लागि खुला विश्वविद्यालय उपयोगी रहेको उनले बताए । 

उनले भने, “जुनसुकै उमेरका र जुनसुकै ठाउँमा बसोबास गर्नेहरुले अनुकूल समयमा इन्टरनेटमार्फत अध्ययन गर्न पाउँछन् ।” इन्स्च्यिूटका अध्यक्ष उप्रेतीले आमसञ्चार क्षेत्रमा काम गरिरहेको र गर्न चाहने सबैका लागि यो शुरुआत महत्वपूर्ण हुने बताए । अहिले स्नातक तहबाट शुरु भए पनि चाँडै माथिल्ला कक्षासम्म लैजाने योजना रहेको उनले जानकारी दिए ।  

इन्स्च्यिूटका महासचिव लक्ष्मण हुमागाईंले शैक्षिक योग्यता कम भएका र हाल मिडियामा कार्यरत प्राविधिक जनशक्तिले यस कार्यक्रमबाट शैक्षिक योग्यता बढाउन सक्ने बताए । यस कार्यक्रमअन्तर्गत स्नातक तहमा अध्ययन गर्न माध्यामिक तह (११ र १२ कक्षामा) पत्रकारिता र आमसञ्चार विषयमा अध्ययन गरेकाले भर्ना हुन सक्नेछन् । 

अरु विषयमा माध्यामिक शिक्षा पूरा गरेकाका लागि भने पूर्वतयारी कोर्स गर्नुपर्ने बताइएको छ । यो कोर्स र शुल्कका विषयमा भने निर्णय भइसकेको छैन । रासस
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।