काठमाडौं- आज बैशाख १६ गते सोमबार कहाँ के-के भयो? अब थाहा पाउनुहोस्, नेपाल समय दिनभरी।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का महामन्त्री एवं सांसद राजेन्द्र लिङदेनले सरकारका नाममा रहेको टुँडिखेल भूमाफियाले खाने प्रपञ्च गरिरहेको बताएका छन्।
राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम ९नेपाल एयरलाइन्स० को वाइड बडी जहाजबाट ४५ हजारमै जापानको यात्रा तय गर्न सकिने भएको छ।
प्राचीन कोलीय गण राज्यको राजधानीका रुपमा रहेको देवदहलाई पार्कहरुको सहर बनाउन गृहकार्य थालिएको छ। देवदह गौतम बुद्धको मावली हो। यसै राज्यमा उनले बिहेसमेत गरेका थिए।
प्रदेश २ को प्रदेशसभा बैठक फेरि स्थगित भएको छ। सरकारको नेतृत्व गरिरहेको संघीय समाजवादी फोरम प्रदेश अधिवेशनमा व्यस्त रहेकोले सोमबार बोलाइएको बैठक स्थगित भएको हो।
जनकपुरको प्रसिद्ध रत्नसागर मन्दिरका महन्थ वैकुण्ठ दास वैष्णवको पद खारिज भएको छ। सोमबार सर्वोच्च अदालतले दासको महन्थ पद खारिज गर्न फैसला सुनाएको हो।
पाल्पाको निस्दी गाउँपालिका– ७ बाट जन्ती लिएर भवासतर्फ जाँदै गरेको जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ। जीपमा सवार एक जना भने हाम फालेर बाच्न सफल भएको बताइएको छ।
नेपाल वायु सेवा निगमका क्याप्टेन विजय लामालाई प्रवक्ताको जिम्मेवारीबाट हटाइएको छ। नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले लामाको पछिल्लो अभिव्यक्तिप्रति आपत्ति जनाउँदै स्पष्टीकरण सोधेकामा चित्त बुझ्दो जवाफ नआएपछि प्रवक्ताको जिम्मेवारीबाट हटाएको हो।
धनुषाको शहीदनगर नगरपालिकामा जिउँदै जलाएकी २० वर्षीया निर्मला यादवको पनि मृत्यु भएको छ। निर्मलाको किर्तिपुरस्थित बर्न अस्पतालमा उपचारको क्रममाको सोमबार मृत्यु भएको हो।
बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा २ जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा भक्तपुर नगरपालिका–१० मुलढोका बस्ने २६ वर्षीय सुनिल सिल्पकार र भक्तपुर कमल विनायक बस्ने काभ्रे रोसी गाउँपालिका–७ का १९ वर्षीय विशाल तामाङ रहेका छन्।
पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले न्यायालयलाई पनि राजनीतिक सेटिङमा चलाउन खोजिएको आरोप लगाएका छन्। सोमबारदेखि शुरु भएको संसदको चौथो अधिवेशनमा बोल्दै उनले यस्तो आरोप लगाएका हुन्।
नेकपा संसदीय दलका उपनेता सुभाष नेम्बाङले अहिलेको सरकारबाट परिणाम नआए सिस्टम फेल हुने चेतावनी दिएका छन्।
भारतका लागि नेपालका राजदूत निलाम्बर आचार्यले दुई देशबीच सम्बन्ध सुधार हुँदै गएको बताएका छन्।
प्रमुख विपक्षी कांग्रेस सभापति शेरबहादुर देउवाले सरकार पूर्ण विफल भएका बताएका छन्। सोमबार सुरु संसद्को बर्खे अधिवेशनमा सम्बोधन गर्दै देउवाले भने, ‘राजनीतिक, आर्थिक सबै हिसाबाले असफल भएको छ।’
संघीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा) को चौथो अधिवेशन सुरु भएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीको आह्वानमा दुवै सदनको अधिवेशन सुरु भएको हो ।
गत साता श्रीलङ्कामा भएका शृङ्खलाबद्ध आत्मघाती विस्फोटनपछि सरकारले अनुहार छोपिने खाले सबै प्रकारको कपडा लगाउनको लागि प्रतिबन्ध लगाएको छ।
चियाको मुनामा राजा मानिन्छ ‘फस्ट फ्लस’ वा पहिलो टिपाइको मुना। यो गुणस्तरका हिसाबले एक नम्बरको मानिन्छ। यही टिपाइको चिया किन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय व्यवसायीको ओइरो लाग्छ। किसानले यसको दाम पनि राम्रै पाउँछ।
कपिलवस्तुको वाणगङ्गा नगरपालिका– ८ बालापुरमा स्थानीय २१ वर्षीया सुनिता थारुको हत्या भएको छ। सुनिताको हत्या गरी फालिएको अवस्थामा घर नजिकैको वाणगङ्गा खोला किनारमा आज बिहान शव फेला परेको प्रहरीले जनाएको छ।
बहुविवाह गरेको अभियोगमा प्रहरीले पञ्चदेवल विनायक नगरपालिका–६ का २२ वर्षीय नवीन रावल र कमलबजार नगरपालिका– ४ चाल्साका २० वर्षीय रम्बा थापालाई पक्राउ गरेकोे छ। नवीनकी श्रीमती मेनुका बटाला (रावल)ले आफ्नो श्रीमान् वैशाख ९ गतेबाट दोस्रो विवाह गरी फरार रहेकाले खोज तलास गरी पाउँ भन्दै उजुरी गर्नुभएपछि प्रहरीको टोलीले दुवैजनालाई सुर्खेतबाट पक्राउ गरेको थियो।
प्रहरीले लागुऔषधसहित पर्सा जिल्लाबाट एक भारतीय नागरिकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारतीय नागरिक ६० वर्षीय कलिम ठाकुर रहेको प्रहरीले जनाएको छ।
सप्तरीका एकजना वडाअध्यक्ष घुससहित पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सप्तरीको सुरुङा गाउँपालिका–५ का अध्यक्ष शिल्टु मियाँलाई सोमबार बिहान घुससहित पक्राउ गरेको हो।
काठमाडौं महानगरको प्रमुख प्रशासकीय अधिकृतमा केदार न्यौपानेको सोमबार पदबहाली भएको छ। सचिव न्यौपाने प्रदेश १ को प्रमुख सचिव थिए।
द्वन्द्वपीडित र नागरिक समाजले सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता आयोगसम्बन्धी ऐन संशोधन गर्न दबाब दिएका छन्। ऐन संशोधन नगरी आयोगमा पदाधिकारी नियुक्ति गर्नु औचित्यहीन रहेको भन्दै उनीहरूले सोमबार माइतीघर मण्डलामा धर्ना दिए।
प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको नेकपा सचिवालय बैठकमा भ्रष्टाचार नियन्त्रणको विषय प्रमुख मुद्दाका रूपमा उठेको छ।
प्रदेश २ सरकार फेरि एकपटक संघीय सरकारसँग टकरावको 'मुड' मा देखिएको छ ।
कपिलवस्तुको बाणगङ्गा नगरपालिका–८ बालापुरमा स्थानीय २१ वर्षीया सुनिता थारूको हत्या भएको छ ।
नेपाल टेलिकमले प्रिपेड मोबाइलमा आजदेखि प्रिपेड अन्तर्राष्ट्रिय रोमिङ सेवा सञ्चालनमा ल्याएको छ ।
कमल बिसीको भर्खरै एसएलसी सकिएको थियो। पढेर खासै प्रगति नहुने भन्दै आफन्त र साथीभाइले विदेश जानुपर्ने सुझाव दिए। दाैंतरी र छिमेकी दाजुभाइ पनि विदेशमै थिए।
संघीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा) को चौथो अधिवेशन सोमबार (आज) बाट सुरु हुँदैछ । राष्ट्रपति विद्यादेवी भण्डारीको आह्वानमा आज अपराह्न ४ बजे दुवै सदनको अधिवेशन सुरु हुन लागेको हो ।
'सन्दिपको टिम' दिल्ली प्ले-अफ्मा छनोट
नेपाली खेलाडी सन्दिप छामिछाने खेल्दै आएको टिम दिल्ली क्यापिटल्स इन्डियन प्रिमियर लिग आईपीएल ट्वेन्टी–ट्वेन्टी क्रिकेट प्रतियोगिताको प्ले-अफ्मा छनोट भएको छ ।
चीन भ्रमणमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारी सोमबार (आज) पनि द्विपक्षीय भेटवार्ता र औपचारिक कार्यक्रममा व्यवस्त हुने भएकी छिन् ।
नेपाल-चीनबीच सन् २०१६ मा सम्पन्न पारवहन तथा यातायात सम्झौताको प्रोटोकलमा सोमबार (आज) हस्ताक्षर हुने भएको छ ।
भारतको तल्लो सदन लोकसभाका लागि चौथो चरणको मतदान सोमबार सम्पन्न भएको छ। भारतीय निर्वाचन आयोगका अनुसार ९ वटा राज्यका ७१ स्थानमा सोमबारबाट मतदान भएको हो।
गायिका सुनिता कार्कीको एकल गीतिसङ्ग्रह ‘सुनमाला’ सार्वजनिक भएको छ। विएफबिएस गोरखा रेडियोमा प्रत्यक्ष प्रसारण गर्दै गीतिसङ्ग्रह ‘सुनमाला’ सार्वजनिक गरिएको हो।
शताब्दी पुरूष सत्यमोहन जोशीको शताब्दी वर्ष ललितपुर महानगरपालिकाले भव्यरुपमा मनाउने भएको छ। बैशाख ३० गते सय वर्ष पुग्न लागेका जोशीको जन्म शताब्दी वर्षभरी विभिद कार्यक्रमगरी मनाउने महानगरपालिकाले जनाएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४