बिहीबार, साउन २१, २०८३

जनकपुर रत्नसागर मन्दिरका महन्थ दासको पद खारिज

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

जनकपुरधाम - जनकपुरको प्रसिद्ध रत्नसागर मन्दिरका महन्थ वैकुण्ठ दास वैष्णवको पद खारिज भएको छ। सोमबार सर्वोच्च अदालतले दासको महन्थ पद खारिज गर्न फैसला सुनाएको हो।

गुठी संस्थान अधिनस्त रहेको रत्नसागर मन्दिरको महन्थमा दास नियमविपरित बसेको भन्दै सर्वोच्च अदालतका न्यायाधीश डा.आनन्दमोहन भट्टराई र टंकबहादुर मोक्तानको संयुक्त इजलासले पद खारिज गर्न फैसला सुनाएको छ।

गुठी संस्थान केन्द्रीय कार्यालयले २०६० सालमा दासलाई पाँच वर्षको लागि रत्नसागर मन्दिरको महन्थमा नियुक्त गरेको थियो। म्याद पुरा भइसकेपनि उनी मन्दिरको महन्थ पद छोडका थिएनन्। महन्थबाट हट्न नमानेपछि गुठी संस्थानले दासलाई पत्राचार गरी पद छोड्न भनेको थियो।

तर आफू वैध तरिकाले महन्थ बनेको भन्दै दासले गुठी संस्थानविरुद्ध २०६८ सालमा सर्वोच्चमा मुद्दा दर्ता गरेका थियो। झण्डै ६ वर्षसम्म चलेको मुद्दामाथि अन्तिम सुनवाइ गर्दै सर्वोच्चले गुठी संस्थानको निर्णयलाई सदर गर्दै दासको महन्थ पद खारिज गर्न फैसला सुनाएको छ।

किर्ते जालजासी गरी जनकपुरधाम–८ स्थित हजारी जनक विद्यापीठको नाउँमा रहेको जग्गा किर्ते गरेको आरोपमा गत मंसिरमा पक्राउ परेका उनी जिल्ला अदालत धनुषाबाट साधारण तारेखमा रिहा भएका छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।